logo

बिर्तामोड उद्योग वाणिज्य संघमा कुमार भट्टराई निर्वाचित

    1733   पटक पढिएको

२५ साउन / अर्थ र व्यापार – बिर्तामोड उद्योग वाणिज्य संघ, झापाको अध्यक्षमा कुमार भट्टराई निर्वाचित भएका छन् । ब्रोडकास्टिङ एशोसिएसन अफ नेपाल (बान) का केन्द्रीय  उपाध्यक्ष समेत रहेका उनी यहाँको रेडियो सनराइजका अध्यक्ष हुन् । भट्टराई १ हजार १ सय ३१ मत ल्याउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्दी हनुमान मित्तलले ७ सय ९६ मत ल्याए । मित्तललाई पछ्याएका हरि प्रसाईले १ सय १८ मत ल्याए । 

संघको वरिष्ठ उपाध्यक्षमा प्रकाश शिवाकोटी १ हजार ३ सय ६२ मत ल्याउँदै विजयी भए । उनका निकटम प्रतिद्वन्दी गंगाप्रसाद मैनालीले ६ सय ५४ मत ल्याए । उद्योग उपाध्यक्षमा १ हजार सय ३६ मत ल्याउँदै राजु न्यौपाने निर्वाचित भए । उनका निकटम प्रतिद्वन्दी कुलप्रसाद खरेलले ७ सय ७८ मत ल्याए । वाणिज्य उपाध्यक्षमा १ हजार ४५ मत ल्याउँदै नारायणप्रसाद चिमरिया विजयी भए । उनका निकटम प्रतिद्वन्दी सार्दुलहाङ ओलीले ९ सय ३६ मत ल्याए ।

जनसम्पर्क उपाध्यक्षमा महिलातर्फ पार्वता खरेल विमली १ हजार २ सय ६७ मत ल्याउँदै विजयी भइन् । उनकी निकटम प्रतिद्वन्दी दुर्गा खतिवडाले ७ सय २० मत ल्याइन् । संघको महासचिवमा भेषराज भण्डारी (प्रशान्त) विजयी भए । उनले १ हजार १ सय ३० मत ल्याउँदा निकटम प्रतिद्वन्दी सुवास भट्टराईले ८ सय ७५ मत प्राप्त गरे । उद्योग सचिवमा १ हजार १ सय ६४ मत ल्याउँदै रविन्ऽ भट्टराई विजयी भए । उनका निकटम प्रतिद्वन्दी राजन थापाले ८ सय २३ मत ल्याए ।

`वाणिज्य सचिवमा १ हजार १६ मतका साथ प्रकाश घिमिरे विजयी भए । उनका प्रतिद्वन्दी घनश्याम मुन्नाले ९ सय ७१ मत पाए । धकोषाध्यक्षमा १ हजार ९७ मत ल्याउँदै मनोज अग्रवाल विजयी भए । उनका प्रतिद्वन्दी पवन खेडिया अग्रवालले ८ सय ५८ मत प्राप्त गरे । त्यस्तै, संघको कार्यसमिति सदस्यमा खुला प्रतिस्पर्धाबाट खगेन्ऽप्रसाद खरटेल, कुशल खतिवडा, राजकुमार घिमिरे राजु, गौरीशंकर गुप्ता टिन्कु, सञ्जिव घिमिरे, राजकुमार साह, राजु सापकोटा विजयी भएका छन् ।

त्यस्तै, महिला सदस्यमा उर्मिला विमली खरेल र राधिका चुडाल हुमागाईं निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।