logo

काठमाडौं–तराई ‘एक्सप्रेस वे’ आयोजनाको काम बर्षायाममा पनि रोकिदैंनः नेपाली सेना

    2090   पटक पढिएको

 १३ आषाढ/अर्थ र व्यापार – नेपाली सेनाले काठमाडौं–तराई ‘एक्सप्रेस वे’ आयोजनाको कामलाई बर्षायाममा पनि निरन्तरता दिने बताएको छ। आयोजनाको काम निर्धारित चार वर्ष्भित्रै पुरा गर्नुपर्ने भएकाले कामलाई निरन्तरता दिइने सैनिक प्रवक्ता सहायकरथी गोकुल भण्डारीले जानकारी दिए। 

सेनाले अहिले विभिन्न १० स्थानमा शिविर बनाएर आयोजनाको काम अगाडि बढाइरहेको छ। मख्खुबेसी, कुलेखानी, लेनडाँडा, बुदुने र बागदेवमा स्थायी र अन्य पाँच ठाउमा अस्थायी शिविर खडा गरेर काम गरिरहेको छ। 

सडकको रेखांकन गरिरहेको ठाउँमा माटो कटान गर्ने, बाहिरबाट ल्याएर पुर्ने तथा सम्याउने, परीक्षण गर्ने जस्ता कामहरु भैरहेको नेपाली सेनाले जनाएको छ। झण्डै १२ किलोमिटर खण्डमा पर्ने रुख कटान गरेर त्यसको व्यवस्थापन गरिसकेको भण्डारीले बताए । 
नेपाली सेनाले आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) विना नै काम गरिरहेको छ। एसियाली विकास बैंक(एडिबी)ले तयार पारेको संभाव्यता अध्ययन प्रतिवेदनका आधारमा काम गरिरहेको सेनाले जनाएको छ।

यसअघि नेपाली सेनाले भारतीय कम्पनी आइएल एण्ड एफएसले तयार पारेको डिपिआर अधुरो र महँगो भन्दै नकिन्ने निर्णय गरिसकेको छ। त्यसपछि आफैँले डिपिआर बनाउने भन्दै सेनाले ग्लोवल टेण्डर आव्हान गरेको थियो।
सेनाले आव्हान गरेको टेण्डरमा १७ वटा कम्पनीले आवेदन दिएका थिए। तिनीहरुको मूल्याङ्कन गरेर ६ वटा कम्पनीलाई छनौट सूचीमा राखिएको छ। स्विजरल्याण्ड, चीनको दुईवटा, भारत र जापानका कम्पनीहरु छनौट भएका छन्। 

एक्सप्रेस वेमा ९९ वटा पुलहरु बन्नेछन्। जसमध्ये मकवानपुरको ठिगनमा बन्ने टनेलभन्दा पारीका ६२ वटा पुलका लागिसमेत सेनाले टेण्डर आव्हान गरिसकेको छ। सो टेण्डरमा १५ वटाँ कम्पनीले आवेदन दिएका छन्। उक्त कम्पनीहरुको प्रि क्वालिफिकेसन स्टडी भैरहेको सेनाले जनाएको छ। 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।