logo

पहिलो चौमासमा महानगरको विकास खर्च ३३ करोड, प्रशासनिक खर्च ६२ करोड

    2101   पटक पढिएको


८ पुस/अर्थ र व्यापार– काठमाडौं महानगरपालिकाको चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा पूर्वाधार विकासतर्फको खर्च निरासाजनक देखिएको छ ।

चालु आवमा १४ अर्ब २६ करोड बजेट ल्याएको काठमाडौं महानगरपालिकाले पहिलो चौमासमा जम्मा १ अर्ब ४० करोड रुपैयाँ मात्रै खर्च गरेको छ । यो रकम कुल विनियोजनको ९.८६ प्रतिशत हो ।

चालु आवको लागि महानगरले पूर्वाधार विकासका लागि जम्मा ७ अर्ब ८४ करोड ६७ लाख बजेट विनियोजन गरेकोमा पहिलो चौमासमा पूर्वाधार विकासतर्फ ३२ करोड ९४ लाख मात्रै खर्च गरेको छ । जुन विकासतर्फ विनियोजित कुल बजेटको ३.४८ प्रतिशत मात्रै हो ।

महानगरपालिकाले विकासका लागि उच्च दरमा बजेट विनियोजन गरेपनि खर्च गर्न नसक्दा पहिलो चार महिनामा विकासतर्फको खर्च अत्यन्तै निराशाजनक देखिएको छ ।

महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले टेन्डर स्वीकृत गर्नै २ महिना लाग्ने भएकाले पहिलो चौमाकिसमा विकासतर्फको खर्च कमजोर भएको बताए । उनले अहिलेसम्म यो वर्षका लागि छनोट भएका ५० देखि ६० प्रतिशत आयोजनाको ठेक्का लागिसकेकोले अबका चौमासिक खर्चमा लक्ष्यअनुसार नै खर्च गर्न सकिने बताए ।

यसैगरी, चालु आवको लागि महानगरपालिकाले प्रशासनिक खर्च शीर्षकमा १ अर्ब ८६ करोड रुपैयाँ ३७ लाख विनियोजन गरेको छ । जसअनुसार प्रशासनिक खर्चतर्फ पहिलो चौमासमा ६२ करोड ३२ लाख खर्च गरेको छ । यो प्रशासनिक खर्चतर्फ कुल विनियोजित बजेटको ३३.४४ प्रतिशत हो ।

विकासतर्फ मात्र नभएर काठमाडौं महानगरपालिका आर्थिक विकास, सामाजिक विकास र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा पनि वजेट खर्च गर्ने सन्दर्भमा निकै कमजोर देखिएको छ ।

महानगरपालिकाले यो वर्ष सुशासन र अन्तरसम्बन्धित क्षत्रेका लागि भनेर १ अर्ब ८ करोड छुट्याइएकोमा पहिलो चौमासमा ३ करोड ७९ लाख रुपैयाँ मात्रै खर्च गर्न सकेको छ । यो कुल विनियोजित बजेटको ३. ४८ प्रतिशत मात्रै हो ।

यसैगरी, पहिलो चौमासिक अवधिमा आर्थिक विकास शीर्षकमा ३ करोड ६९ लाख खर्च भएको छ । यो शीर्षकमा चार महिनामा ४.३९ प्रतिशत मात्रै बजेट खर्च भएको छ । महानगरले आर्थिक विकासमा लागि ८४ करोड ३० लाख रुपैयाँ विनियोजन गरेको थियो ।

यस्तै, सामाजिक विकासका लागि २ अर्ब ६२ करोड विनियोजन भएकोमा ४ महिनामा ३७ करोड ८२ लाख मात्रै खर्च भएको छ । यो विनियोजनको १४.४२ प्रतिशत मात्रै हो ।

पहिलो चौमासिक अवधिमा महानगरपालिकाले सहायता शीर्षकमा २ करोड २० लाख रकम विभिन्न व्यक्ति तथा संघ संस्थालाई बाँडेको छ । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।