logo

प्रधानमन्त्री केपी शर्मा ओली माघको पहिलो साता स्वीट्जरल्याण्ड जाने

    1524   पटक पढिएको

२९ पुस/ अर्थ र व्यापार - प्रधानमन्त्री केपी शर्मा ओली माघको पहिलो साता स्वीट्जरल्याण्ड जाने भएका छन् । वल्र्ड इकोनोमिक फोरमको वार्षिक बैठकमा सहभागी हुन प्रधानमन्त्री ओली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड जान लागेका हुन् । 
प्रधानमन्त्री ओली माघ ६ गते त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए । फोरमको वार्षिक बैठक जनवरी २२ देखि २५ (माघ ८ गते देखि माघ ११ गते) सम्म स्वीट्जरल्याण्डको डावोसमा हुँदै छ । 

प्रधानमन्त्रीको भ्रमण टोलीमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र , मन्त्रालयका सचिम शंकरदास बैरागी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीसहित १९ जना सहभागी हुने परराष्ट्र स्रोतले जानकारी दियो ।

यसैबीच यसपटकको बैठकमा नेपाल सरकारलाई नै निम्तो दिइएको छ । फोरमको निम्तो पहिलो पटक प्रधानमन्त्री स्तरको लागि आएको हो । हरेक वर्ष आयोजना हुने बैठकमा नेपालको सहभागिता रहने गरे पनि त्यो राजदूतस्तर वा अन्य कर्मचारीस्तरमा हुँदै आएको थियो ।

यसअघिका बैठकमा नेपालका तर्फबाट नेपालका लागि जेनेभाका राजदूत बैठकमा सहभागी हुँदै आएका थिए भने सन् २०१३ मा नेपालका तर्फबाट राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री बैठकमा सहभागी भएका थिए । 
सम्मेलनमा विश्वभरका विभिन्न देशबाट २५० भन्दा बढी राजनीतिक नेतृत्व सहभागी हुने बताइएको छ। उनीहरु बैठकका विभिन्न सत्रमा आयोजना हुने उच्चस्तरीय छलफलमा सहभागी हुनेछन्। 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।