logo

मुलकको आर्थिक सूचकाकंहरु सबै सकारात्मक रहे सँगै चालु आर्थिक वर्षमा  आर्थिक बृद्धिदर ८ प्रतिशत पुग्ने प्रधानमन्त्री केपी शर्मा ओलीको दावी 

    1518   पटक पढिएको

२२ पुस/ अर्थ र व्यापार  - प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षमा मुलुकको आर्थिक बृद्धिदर ८ प्रतिशत पुग्ने दावी गरेका छन् । संसदको हिउँदे अधिवेसनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलकको आर्थिक सूचकाकंहरु सबै सकारात्मक बताए । सरकारका कामकारबाही बारेमा बिभिन्न आलोचना र बहस भई रहेको बेला आफू तर्क र बहसमा समय नर्खचने भन्दै सम्बोधन सुरु गरेका प्रधानमन्त्रीले सरकारले गरेका प्रगतिको फेहरिस्त प्रस्तुत गरे ।

उनले आफु कुनै तर्क र बहश गर्न आज आएको होइन सरकारको नीति तथा कार्याक्रम, बजेट, प्राप्त उपलब्धिको बारेमा सदनलाई जानकारी गराउन आएको बताए । प्रधानमन्त्रीले संसदमा जानकारी गराए अनुसार गत वर्षको यहि समयको तुलनामा राजश्व संकलन ३२ प्रतिशतले बृद्धि भएको छ भने सरकारी खर्च ३४ बाट झरेर १४ प्रतिशतमा पुगेको छ । मूल्य बृद्धि ४.२ बाट घटेर ३.७ प्रतिशत कायम रहेकोे छ भने कुल वैदेशिक सहयोगमा १६२.७२ प्रतिशतले बृद्धि भएको छ । प्रधानमन्त्रीका अनुसार अनुसार उद्योग दर्ता गर्ने क्रम गत वर्षको तुलनामा १३ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तिय संस्थाहरुले १७.९ प्रतिशतले नक्षेप बढाएको बताउँदै प्रधानमन्त्री ओलीले उत्पादनशित क्षेत्रमा गरिएको लगानी पनि गत वर्षको तुलनामा बढेको छ । गत वर्ष १३.४ प्रतिशतमा रहेको उक्त लगानी अहिले ३२.३ प्रतिशतले बढेको छ ।
प्रधानमन्त्रीका दिएको जानकारी अनुसार परियोजनाहरुमा वैदेशिक लगानी २५ प्रतिशतले बढेको छ । देशको समग्र निर्यात १२.३ प्रतिशतले बढेको प्रधानमन्त्रीको दावी छ । निर्माण सामाग्री तथा औद्यौगिक औजारको आयतले सोधानन्तर बचत केही कम भए पनि विस्तारै बढ्दै जाने प्रधानमन्त्रीको विश्वास थियो ।

प्रधानमन्त्री ओलीले सन् २०१९ को जुन भित्र लुम्बीनी अन्तराष्ट्रिय विमानस्थलमा परिक्षण उडान गरिने र ६ महिना भित्रै पोखरा अन्तराष्ट्रिय विमानस्थलको धावन मार्ग पीच गरिने जानकारी दिए । भेरी डाईभर्सन परियोजनामा २ किलोमिटर मात्रै सुरुङ खन्न बाँकी रहेको जानकारी दिदै प्रधानमन्त्री ओलीले भेरी ववाई परियोजनाबाट २६ हजार हेक्टर जमिन सिंचाई भई रहेको बताए ।
फाष्ट ट्रयाकमा उत्साहजनक प्रगती भएको बताएका प्रधानमन्त्रीले मेलम्चीमा देखिएको समस्या समाधान गर्न सरकार लागि परेको बताए । सरकारले रेल र पानीजहाज सञ्चालनका लागि सबै प्रक्रिया तिब्र गतिमा अघी बढाइएको भन्दै टिकट काट्नका लागि सरकारले सार्वजनिक सूचना जारी गर्ने प्रधानमन्त्रीको भनाई थियो ।

 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।