logo

चिनियाँ व्यवसायीलाई नेपालमा लगानी आब्हानः प्रधानमन्त्री ओलि 

    1621   पटक पढिएको

१२ आषाढ / अर्थ र व्यापार- प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा आफूले चिनियाँ व्यवसायीलाई नेपालमा लगानी गर्न आब्हान गरेको बताएका छन् । आफूले नेपालमा पर्यटन तथा अन्य क्षेत्रमा लगानीका लागि चिनियाँ व्यवसायीलाई आग्रह गरेको प्रधानमन्त्री ओलीले संसदलाई जानकारी गराएका छन् । चीन भ्रणका क्रममा उर्जा, मितेरी र रसुवा पुल निर्माण, नेपालको उत्तरी क्षेत्रमा सामान ढुवानी गर्न चीनको तिब्बती राजमार्ग प्रयोग गर्ने विषयमा पनि समझदारी भएको ओलीले बताएका छन् । 

त्यस्तै चीनको सहयोगमा सञ्चालित कार्यक्रम कार्यान्वयनका लागि नेपाल र चीनबीच संयन्त्र बनाइने समझदारी बनेको पनि प्रधानमन्त्री ओलीले बताए । चीनले नेपालको पुर्ननिर्माणमा सहयोग गर्ने भनेको ३ अर्ब युआनमध्ये बाँकी १ अर्ब पनि तत्काल उपलब्ध गराउने समझदारी भ्रमणमा भएको ओलीले जानकारी दिए । उनका अनुसार नुवाकोट दरबारको पुर्ननिर्माण चीनको सहयोगमा हुने समझदारी पनि भएको छ । चीनकै सहयोगमा झापामा नदी नियन्त्रण कार्यक्रम अघि बढाइने पनि उनले जानकारी दिएका छन् । 

चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओली र एसियाली पूर्वाधार लगानी बैंकका अध्यक्षबीच पनि छलफल भएको थियो । छलफलमा आफूले नेपालमा ऊर्जा उत्पादन तथा पूर्वाधारका क्षेत्रमा बैंकको लगानी अभिवृद्धिका विषयमा छलफल गरेको प्रधानमन्त्री ओलिले बताए । 
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।