logo

कोटेश्वर–कलंकी सडक चिनद्वारा नेपाल सरकारलाई हस्तान्तरण

    1573   पटक पढिएको

१४ माघ /अर्थ र व्यापार - चीन सरकारले कोटेश्वर–कलंकी सडक विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । सोमबार ललितपुरको खुमलटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनिया राजदुत होउ यान्छीले सडक हस्तान्तरण गरेकी हुन् ।

चीनले पाँच वर्ष लगाएर कोटेश्वरदेखि कलंकीसम्मको ८ लेनको १० किलोमिटर ४ सय मिटर सडक विस्तार गरेको थियो । करिब ५ अर्ब अनुदान सहायतामा चीनले त्यो सडक खण्ड विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । चीनले सडक हस्तान्तरण गरेलगत्तै प्रधानमन्त्री ओलीले त्यस सडक खण्डको उद्घाटन गरेका थिए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले सडक विस्तार गरी हस्तान्तरण गरेकोमा चीन सरकारप्रति आभार व्यक्त गरे । चीनले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्य, उद्योग, सडक निर्माणको क्षेत्रमा विगतदेखि नै र्पुयाउँदै आएको सहयोगको पनि त्यस अवसरमा प्रधानमन्त्री ओलीले खुलेर प्रशंसा गरेका थिए ।

प्रधानमन्त्री ओलीले हिमाल, पहाड र नदीबाट सुरु भएको चीनसँगको सम्बन्ध समस्यासहित रहेको पनि उल्लेख गरेका थिए । उनले मुलुकलाई समृद्ध बनाउने अभियानलाई सफल बनाउन भारत र चीन दुवै छिमेकी मुलुकबाट साथ, सहयोग र समर्थनको अझै आशा गरिएको पनि स्पष्ट पारे ।

कार्यक्रममा नेपालका लागि चिनिया राजदुत यान्छीले नेपालको विकासमा आवश्यक सबै खालको सहयोग गर्न चीन सरकार प्रतिबद्ध रहेको बताएकी थिइन् । काठमाडौंको २७ किलोमिटर लम्बाइ रहेको चक्रपथको पहिलो खण्ड चीन सरकारले विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । सडक विस्तारको काम सकिएलगत्तै यो सडक खण्ड आधुनिक स्वरुपमा देखिएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।