logo

कोटेश्वरमा हुने जाम घटाउन जाइकाद्वारा प्रारम्भिक प्रतिवेदन तयार

    1558   पटक पढिएको

३० जेठ / अर्थ र व्यापार - कोटेश्वरमा हुने जाम घटाउन तीनवटा विकल्प सहितको प्रारम्भिक प्रतिवेदन जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) ले दिएको छ । काठमाडौंका मुख्य इन्टरसेक्सनमा ट्राफिक सुधारका लागि अध्ययन गर्न आएको जाइकाको टोलीले कोटेश्वरका लागि सुरुङमार्ग, फ्लाई ओभरसहित तीनवटा विकल्प दिएको हो । 

केहि समयअघि जाइकाले कोटेश्वरका लागि तीन विकल्प सहितको प्रारम्भिक प्रतिवेदन दिएको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए । उनका अनुसार, एक महिनाभित्रै जाईकाले पूर्व सम्भाव्यता अध्ययनको रिपोर्ट दिने छ । ७ जना प्राविधिक सहितको टोलीले फेब्रुअरीदेखि अध्ययन थालेका थिए । प्रारम्भिक प्रतिवेदन दिएर अहिले उनीहरु फर्किसकेका छन् । 

टोलीले दिएको प्रतिवेदनमा पहिलो विकल्पका रुपमा भक्तपुरतिर जाने सडकको मुनी रिङरोडमा सुरुङमार्ग निर्माण गर्ने रहेको छ । बानेश्वर र तिनकुनेबाट सुर्यविनायक (भक्तपुर) तिर जाने सडकलाई अहिलेकै अवस्थामा राखेर केहि फराकिलो बनाईनेछ । त्यसको मुनिबाट सोही रुट हुँदै बालकुमारीतिर निस्कने रिङरोडमा सुरुङमार्ग हुनेछ । 

१ हजार एक सय ४० मिटर लामो सुरुङमार्ग निर्माण गरिनेछ । आउन र जानका लागि दुईवटा सुरुङमार्ग निर्माण गरिनेछ । करिव २४ अर्व रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । काम थालेको ४८ महिनामा सकिने प्रतिवेदनमा उल्लेख छ । दोस्रो विकल्पका रुपमा तिनकुने हुँदै बालकुमारी तिर निस्कने सडकमा ‘फ्लाई ओभर’ हालिनेछ । रिङरोडमा करिव १ हजार ३ सय २० मिटर लामो फ्लाईओभर निर्माण गर्नुपर्छ । भक्तपुरतिर जाने सडकलाई अहिलेकै अवस्था (सतह) मा राखेर फराकिलो बनाईनेछ । ९ अर्व ९ करोड रुपैयाँ लाग्ने अनुमान छ । 

तेस्रो विकल्प भक्तपुरतिर जाने सडकमा सुरुङमार्ग निर्माण गरिनेछ । भक्तपुरतिर जाने सडकमा आउन र जानका लागि दुईवटा सुरुङमार्ग निर्माण गरिनेछ भने रिङरोडलाई अहिलेकै अवस्थामा संचालन गरिनेछ । सुरुङमार्ग १ हजार ८ सय ६० मिटर लामो हुनेछ । यसका लागि २४.६ अर्व रुपैया लागत लाग्ने अनुमान गरिएको छ ।
महाशाखा प्रमुख थापाका अनुसार फिजिविलिटी रिपोर्ट प्राप्त भएपछि बाकी निर्माण प्रक्रिया अघि बढ्ने छ । यी तीनवटा विकल्पमध्ये तेस्रो विकल्प उपयुक्त हुने प्रतिक्रिया दिएको थापाले जानकारी दिए । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको संवेदनशीलतालाई समेत ध्यानमा राख्दा तेस्रो विकल्प उचित हुने निष्कर्ष निकालिएको छ । प्रतिवेदन प्राप्त भएपछि डिपिआर निर्माणको प्रक्रिया अघि बढाईने महाशाखाले जनाएको छ । 

बानेश्वर, कोटेश्वर, माईतीघर लगायतका स्थानको इन्टर सेक्सनहरुमा ट्राफिक सुधार गर्न के गर्न सकिन्छ भनेर विकल्प सहितको अध्ययन गरिएको हो । जसमा कोटेश्वरलाई पहिलो प्राथमिकतामा राखिएको छ । जापानको ऋण सहयोगमा निर्माण गरिने छ । सम्झौता भने भएको छैन । सुरुङमार्ग निर्माणपछि कोटेश्वरमा हुने गरेको घण्टौसम्मको जाम घट्ने अपेक्षा गरिएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।