logo

किवानिज क्लव अफ मनकामनाद्वारा शैक्षिक सामाग्री वितरण

    2587   पटक पढिएको

३० ज्येष्ठ  / अर्थ र व्यापार- किवानिज इन्टरनेशनल नेपाल अन्र्तगत डिभिजन–४ मा रहेको किवानिज क्लब अफ मनकामना नेपालले राइनस–९, लम्जुङको ग्रामीण भेगको एक सरकारी स्कुलमा विद्यालय  पोशाक, झोला लगायत अन्य शैक्षिक सामग्रीहरु वितरण गरेको छ ।

किवानिज क्लब अफ मनकामना नेपालका संस्थापक अध्यक्ष शम्सेर पराजुलीको नेतृत्वमा आवश्यक सहयोग रकम जुटाएर उनकै नेतृत्वमा गत जेठ २८ गते मंगलबार किवानिज नेपाल र मनकामना टिम श्री शान्ति देबी प्रा बि, राइनस–९, लम्जुङ पुगेर सहयोग हस्तान्तरण गरे । सो कार्यक्रममा किवानिज किवानिज इन्टरनेशनल नेपालको तर्फबाट सचिब लक्ष्मण लम्साल, किवानिज क्लब अफ मनकामनाका अध्यक्ष शम्सेर पराजुली, कोषाध्यक्ष सुरेश अधिकारी, सहसचिब सुर्य बहादुर थापा र सदस्य घनश्याम शर्माको उपस्थिति थियो । त्यसका साथै राइनस–९ लम्जुङका वड़ाध्वक्ष देब बहादुर थापा, समाजबादी पार्टीका नेता राजु थापा, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीराम धिताल लगायत विद्यार्थीहरु र तिनीहरुका अभिभावक,शिक्षक तथा शिक्षिकाहरुको उपस्थितिमा शैक्षिक सामग्री बितरण गरिएको थियो ।

किवानिज इन्टरनेशनल नेपालका सचिब लक्ष्मण लम्सालले किवानिज बारे जानकारी दिएका थिए भने किवानिज क्लब अफ मनकामनाका अध्यक्ष शम्सेर पराजुलीले शैक्षिक सामग्री वितरण बारे जानकारी दिएका थिए । वड़ाध्यक्ष देब बहादुर थापा, समाजबादी पार्टीका नेता राजु थापा, बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष श्रीराम धिताल र बिद्यालयका प्रअ कृष्ण बहादुर आले मगरले सहयोगको लागि किवानिज नेपाल,मनकामना नेपाल र प्रतिनिधिहरुलाई बिशेष धन्यबाद प्रकट गरेका थिए ।
बिद्यालयको ३५ जना विद्यार्थीहरुको लागी २ जोर स्कुल ड्रेस, १ स्कुल झोला, टाई, बेल्ट, कापी, कलम र सिशाकलम लगायत अन्य शैक्षिक सामग्री वितरण गरिएको थियो । किवानिज क्लब अफ मनकामनाका अध्यक्ष शम्सेर पराजुलीले केही समयमा राइनस–०९ कै एक सरकारी स्कुलका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण कार्यक्रम रहेको जानकारी दिए । यसअघि किवानिज चिल्ड्रेन फण्ड नेपालले बारा, पर्साका हुरी पिडित ४०० बालबालिकाहरुलाई आवश्यक सम्पूर्ण सामग्री प्रदान गरेको थियो ।

बिश्व परिचित संस्था किवानिज इन्टरनेशनल नेपालमा पनि किवानिज इन्टरनेशनल नेपाल नाम रही २०१५ मा स्थापना भई बालबालिकाको क्षेत्रमा उल्लेख्य कामहरु गरिरहेको पराजुलीले वताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।