logo

केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता रिपोर्ट तयार, लागत ३ खर्ब ५५ अर्व  

    2115   पटक पढिएको


३ भदौ/अर्थ र व्यापार– चिनियाँ प्राविधिकहरुले केरुङ–काठमाडौं जोड्ने रेल परियोजनाको पुर्व सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पारेको छ ।

भदौ दोस्रो साता रिपोर्ट तयार पार्ने लक्ष्यका साथ चिनियाँ प्राविधिकहरुले अध्ययन थालेका थिए । त्यसको एक महिना अगावै रिपोर्ट तयार पारेको हो । रेलमार्ग संसारकै कठिनमध्ये एक भएको प्रतिवेदन देखाएको छ । 

यो रेल परियोजना निर्माणका लागि ३ खर्ब ५५ अर्व रुपैयाँ लाग्ने रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाशभक्त उपाध्यायले जानकारी दिए ।

सिडिई उपाध्यायका अनुसार ७२.२५ किलोमिटर लामो रेलमार्ग निर्माणका लागि ९ बर्ष लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । प्रतिवेदन अनुसार यो रेलमार्गको ९८.५ प्रतिशत पुल र टनेलमा निर्माण हुनेछ । बाँकी १.५ प्रतिशत मात्रै जमिनमा रहने छ । 

सिडिई उपाध्यायले सरकारले आफ्नै लगानीमा समेत यो रेल मार्ग निर्माण गर्न सकिने बताएका छन् । उनका अनुसार बार्षिक रुपमा २८.५५ अर्व रुपैयाँ बजेट छुट्याए पुग्ने बताए ।

चिनियाँ प्राविधिकहरुले तयार पारेको उक्त प्रतिवेदनमाथि छलफल गर्नका लागि  नेपाली टोली शनिवार चीन प्रस्थान गरेको छ । 
सचिव मधुसुदन अधिकारीको नेतृत्वमा रेल विभागका महानिर्देशक अनन्त आचार्य, मन्त्रालयका वैदेशिक महाशाखा हेर्ने सहसचिव केशवकुमार शर्मा पराराष्ट्र अर्थ मन्त्रालयका  प्रतिनिधी सहित सात सदस्यीय टोली चीन प्रस्थान गरेको हो ।

चीनको सियान शहरमा यहि अगष्ट १९, २० र २१ तारिख चीनियाँ पक्षले प्रिजेन्टेसन गर्ने त्यसमा द्धिपक्षीय छलफल हुने छ । 

चिनियाँ परामर्शदाता कम्पनीले तयार पारेको रिपोर्टमा छलफल गरेर विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को प्रक्रिया अघि बढाउने बिषयमा छलफल गर्ने सचिव मधुसुदन अधिकारीले जानकारी दिए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।