logo

केरुङ ः काठमाडौं रेलमार्ग निर्माणका लागि नेपाल र चीनबीच आज रेलवार्ता हुँदै

    1390   पटक पढिएको

 ९ मंसिर / अर्थ र व्यापार -  चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा भएको सहमतिका आधारमा सोमबारदेखि राजधानी काठमाडौंमा नेपाल र चीनका अधिकारीहरुबीच उच्चस्तरीय रेल वार्ता सुरु भएको छ । रेल वार्तामा सहभागिता हुन चिनियाँ नेशनल रेल्वे अथ्योरिटीका उच्च अधिकारी आइतबार काठमाडौं आइपुगेका थिए ।

उनीहरुले नेपाली अधिकारीसँग यसअघि भएका सहमति र समझदारीका आधारमा संवाद गर्ने तयारी गरेका छन् । वार्तामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले गर्नेछन् । नेपाली प्रतिनिधि मण्डलमा रेल विभागका महानिर्देशक, इन्जिनियर सम्बद्ध निकायका अधिकारी सहभागी हुनेछन् । यस्तै, चिनियाँ प्रतिनिधिका तर्फबाट अथ्योरिटीका उच्च अधिकारी सहभागी हुनेछन् ।

नेपाल र चीनबीच यसअघि भएको वार्ता र चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा भएको सहमतिकै आधारमा वार्ता अगाडि बढाउने तयारीमा नेपाली अधिकारी छन् । यसपटकको वार्तामा विशेष गरी केरुङ–काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने विषयमा धेरै केन्द्रित रहनेछन् । चिनियाँहरुले डीपीआर नभनिकनै सम्भाव्यता अध्ययनको नाम दिएका छन् ।

रेल विभागका पूर्व सिनियर डिभिजनल इन्जिनियर प्रकाशभक्त उपाध्यायाका अनुसार डीपीआर विशेष गरी भारतीयहरुले प्रयोग गर्ने टर्मिनोलोजी हो । त्यसकारण चिनियाँहरुले आयोजनाको अध्ययनलाई सम्भाव्यता अध्ययन र पूर्व सम्भाव्यता अध्ययनको रुपमा विभाजित गरेका हुन्छन् ।

पूर्व सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएको करिब डेढ वर्ष हुन लाग्दा समेत प्रक्रिया अगाडि नबढ्नुका पछाडि नेपाली र चिनियाँ अधिकारीहरुले नै तत्कालिन भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुविर महासेठको बदमासीका रुपमा लिँदै आएका थिए । गत बिहीबार मन्त्रिपरिषद् पुर्नगठन भएको र सो मन्त्रालयमा नयाँ मन्त्रीका रुपमा बसन्त नेम्वाङ आएकाले रेल वार्ताले नयाँ स्वरुपमा गती लिने विश्वास व्यक्त गरिएको छ ।

करिब ८० किलोमिटर हुने ठानिएको केरुङ–काठमाडौं रेलमार्ग हालको मूल्य अनुसार करिब ३ खर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । ९० प्रतिशतभन्दा बढी सुरुङ निर्माण गर्नुपर्ने चिनियाँ अधिकारीहरुको भनाइ र भौगोलिक रुपमा हिमाली क्षेत्रमा सुरुङ निर्माण गर्दा त्यसले पार्ने जैविक तथा वातावरणीय प्रभावका विषयमा समेत वार्तामा छलफल हुने नेपाली अधिकारीहरुको भनाइ छ ।

यसपटकको वार्तालाई फलदायी बनाएर डीपीआरको काम सुरु गर्ने नेपाल सरकारको चाहनालाई वार्तामा कसरी र कुन रुपमा अगाडि बढाउने भन्नेमा तत्कालै निश्कर्ष निकाल्न भने हतार हुनेछ  । यद्यपि सरकारले रेलमार्ग निर्माणको काममा प्राविधिक तथा वित्तीय तयारीलाई सँगसँगै लैजाने बताएको छ । सरकारले अनुदानमा नै चीनले सो रेलमार्ग बनाइदियोस भन्ने अपेक्षा गरेको छ । तर चिनियाँ अधिकारीहरु निश्चित प्रतिशत हिस्सा नेपालको पनि होस् भन्ने चाहन्छ ।

आयोजनामा अपनत्व होस् भन्ने लक्ष्यका साथ त्यस्तो अपेक्षा राखिएको चिनियाँ अधिकारीहरुले खुलेरै बताउँदै आएका छन् । विशेष गरी कम्बोडिया, लाओस र भियतनाम लगायतका मुलुकमा निश्चित प्रतिशत सम्बन्धित देशले लगानी गर्ने र बाँकी भने चिनियाँ लगानी रहने गरेको छ । सोही मोडललाई नेपालमा पनि लागू गर्ने तयारीमा चिनियाँहरु देखिन्छन् । नेपाल जोड्ने केरुङसम्म आउने रेलमार्ग निर्माणको काम चीन सरकारले सुरु गरिसकेको छ ।

जानकारहरुका अनुसार चिनियाँ भूभागबाट केरुङसम्म आइपुग्नै करिब १०० किलोमिटर लामो रेलमार्ग निर्माण गर्नुपर्नेछ । पछिल्ला दिनमा तिब्बत सरकारले केरुङलाई आर्थिक केन्द्रका रुपमा विकास गर्दै लगेकाले पनि रेलमार्ग निर्माणको सम्भावनालाई थप सवल तुल्याउँदै लगेको छ । यी र यस्तै कारण यसपटकको फलदायी हुने विश्वास लिइएको छ ।

यस्तै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा भएका उर्जासँग सम्बन्धित विषयमा छलफल गर्न चीनका उच्च अधिकारी आइतबार भित्रिएका छन् । उनीहरुले सोमबार उर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग भेटवार्ता गर्ने कार्यक्रम छ । आइतबार मात्रै नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गरेकी थिइन् ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।