logo

अब काठमाडौं महानगरले सडक पखाल्ने ‘जेट मेसिन’ ल्याउँदै

    1709   पटक पढिएको


३१ जेठ / अर्थ र व्यापार - काठमाडौं महानगरपालिकाले रुख रोप्ने ‘ट्री ट्रान्सप्लान्ट’ र सडक बढार्ने ब्रुमरसँगै सडक पखाल्ने जेट मघेसिन ल्याउने भएको छ ।

यसको बारेमा महानगरको सडक डिभिजन मेकानिकल इन्जिनियर र पुल्चोक क्याम्पसको मेक    भानिकल इन्जिनियरिङको विभागीय प्रमुखको टिमले अध्ययन गरिरहेको छ ।

अध्ययन प्रतिवेदन आइसकेपछि नेपालमा कुन डिजाइनको मेसिन ठिक हुन्छ निक्र्याैल र परीक्षण गरी त्यही अनुसार खरीद प्रकृयामा जाने छ ।

यी तीन वटै मेसिन खरीद गर्न अर्थ मन्त्रालयले ९ करोड दिएको र महानगरले पनि करिव ९ करोड लगानी गर्ने छ । एउटा मेसिनको करीव ३ करोड पर्ने छ ।

अहिले महानगरमा ३ वटा ब्रुमर मेसिन, २ वटा जेट मेसिन र एउटा ट्रि ट्रान्सप्लान्ट आवश्यक रहेको छ । बजेटले भ्याएसम्म ५ वटासम्म जेट मेसिन ल्याउन सकिने छ ।

केही समय अगाडि सडक पखाल्न दमकल प्रयोग गरिए पनि त्यसले धेरै पानी खर्च गर्ने र सडक छेउछाउमा धेरै पानी जम्मा हुने भएकोले त्यत्ती प्रभावकारी हुन सकेन ।

यी मेसिन आइसकेपछि पहिले बु्रमरले बढारेर धुलो हटाइन्छ। अनि जेट मेसिनको सहायताले सडक पखालिन्छ र पूर्ण धुलोमुक्त बनाइन्छ । यो कार्यक्रम सुरु भएपछि महानगरवासीले धेरै राहत महसुस गर्ने छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।