logo

केरुङ–काठमाडौं रेलमार्गबारे छलफल गर्न उच्च स्तरीय चिनियाँ टोली  काठमाडौंमा

    1900   पटक पढिएको

२४ मंसिर/ अर्थ र व्यापार  -  केरुङ–काठमाडौं रेलमार्गबारे छलफल गर्न उच्च स्तरीय चिनियाँ टोली नेपाल आएको छ । चीन र नेपालको सचिवस्तरीय तेस्रो बैठकमा भाग लिन १४ सदस्यीय चिनियाँ टोली नेपाल आएको हो । यो रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन भइसकेको छ । अब विस्तृत परियोजना प्रतिवेदन तयार पार्नुपर्ने हुन्छ । तर, प्रारम्भिक रिपोर्ट आएको ३ महिना वितिसक्दा पनि यसबारे दुई देशबीच औपचारिक सम्वाद भएको थिएन ।

अब छलफल अघि बढाउन चिनियाँ रेल मामिला हेर्ने डेपुटी एड्मिस्ट्रेटरसहितको टोली आइतबार नै नेपाल आएको छ  । सोमबार हुने सचिवस्तरीय बैठकमा केरुङ-काठमाडौं रेलमार्गको डीपीआर बनाउने मोडालिटीमाथि छलफल हुनेछ । आयोजनाको डीपीआर पनि चीनले नै बनाइदिनुपर्ने पक्षमा नेपाल छ । तर, चीनले भने डीपीआरमा लाग्ने लागत बाँडफाँट गर्न प्रस्ताव गर्ने सम्भावना बढी रहेको रेल्वे विभागका एक उच्च अधिकारीले बताए ।रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययनका लागि सबै खर्च चिनियाँ पक्षले व्यहोरेको थियो । प्रारम्भिक रिपोर्टअनुसार केरुङ(काठमाडौं रेलमार्ग निर्माण गर्न २ खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने देखिएको छ । साथै निर्माण सम्पन्न गर्न ९ वर्ष समय लाग्ने अनुमान छ । केरुङ(काठमाडौं रेलमार्गको कुल लम्बई करिब ७२.२५ किलोमिटर हुने देखिएको छ ।

यो रेलमार्गमा सजिलो भुगोल नपर्ने भएकाले झण्डै ९९ (९८.५५) प्रतिशत खण्डमा सुरुङ वा पुल बनाउनुपर्नेछ । चिनियाँ कम्पनी चाइना रेल्वे र्फस्ट सर्भे एन्ड डिजाइन इन्स्िटच्युटको रिपोर्टअनुसार प्रतिवेदन रेलमार्गमा ७ वटा सुरुङमार्ग हुनेछ । तर, यो आयोजनामा लगानी कसले, कसरी, कुन मोडालिटीमा गर्ने भन्ने तय हुन बाँकी छ । परियोजना प्रतिवेदन नै नबनेसम्म कर्मचारीस्तरमा यसबारे छलफल हुने अवस्था नरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक अधिकारीले बताए ।
रेलमार्गको एलाइनमेन्ट मात्रै टुंगिएको र प्राविधिक विषय टुंगो लगाउन भोली यातायात मन्त्री रघुवीर महासेठसाग पनि चिनियाँ टोलीले छलफल गर्ने कार्यक्रम छ । यो टोली बुधबार स्थलगत अवलोकनका लागि पोखरा जाने कार्यक्रम छ । गत वैशाखको अन्तिम साता यातायात सचिव मधुसदन अधिकारी नेतृत्वको नेपाली प्रनिनिधि मण्डल सम्भाव्यता अध्ययन गर्नेबारे सम्झौता गरेर फर्किएको थियो । लगत्तै चिनियाँ टोली अध्ययनका लागि नेपाल आएर काम सुरु गरेको थियो ।

भौगोलिक कठिनाइ रहेकाले रिपोर्टले प्राविधिक रुपमा अधिकांश क्षेत्रमा पुल र टनेल निर्माण गर्न सिफारिस गरेको छ । चीनले सन् २००६ मै ११ सय किमी लामो रेलमार्ग तिब्बतको राजधानी ल्हासासम्म ल्याइसकेको छ । हाल चीनतर्फ ल्हासा(सिगात्से रेलमार्ग निर्माण गर्ने चरणमा चीन छ । त्यही रेललाई नेपाल सीमाको केरुङसम्म विस्तारको योजना छ । दुई देशका सरकार बीचमा रेलमार्ग कुन लगानी मोडालिटीमा बनाउने भन्नेबारे छलफल हुन बाँकी छ । सुरुमा नेपालले अनुदानमै बनाइदिन आग्रह गरेको थियो । तर, चीन सरकार पूर्ण अनुदानमा तयार नभए सहुलियत ऋणमै पनि रेलमार्ग बनाउने इच्छा देखाएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।