logo

बढुवाका लागि सम्भाव्य उम्मेदवार निजामती सेवाबाट समायोजन भएका कर्मचारीहरु निजामती सेवाकै लागि मात्र बढुवा हुने

    1657   पटक पढिएको

२६ पुस /अर्थ र व्यापार - निजामती सेवा र स्वास्थ्य सेवाबाट समायोजन भएका कर्मचारीहरु देशभरका सबै रिक्त पदमा बढुवाको सम्भाव्य उम्मेदवार हुन पाउने भएका छन् । तर, सरुवा भने देशभर हुने छैन । संघीय निजामती सेवा ऐनको मस्यौदामा अन्तर सेवामा प्रतिस्पर्धा गर्न सबै स्थानीय तह र सबै प्रदेशका कर्मचारीहरुले पाउने व्यवस्था गरिएको छ । बढुवाका लागि सम्भाव्य उम्मेदवार निजामती सेवाबाट समायोजन भएका कर्मचारीहरु निजामती सेवाकै लागि मात्र बढुवा हुनेछन् । त्यस्तै स्वास्थ्य सेवाबाट समायोजन भएका कर्मचारीहरु स्वास्थ्य सेवाकै माथिल्लो पदमा मात्र बढुवा हुन पाउनेछन् । तर, समायोजन भएर प्रदेश वा स्थानीय तहमा गएका कर्मचारीहरु सरुवा भएर संघमा फर्किने बाटो भने प्रस्तावित मस्यौदाले बन्द गरिएको छ ।

समायोजन भएर प्रदेश वा स्थानीय तहमा जाने कर्मचारीहरुको मुख्य माग नै निश्चित सेवा अवधिपछि संघमा पनि सरुवा भएर आउन पाउनुपर्छ भन्ने छ । कर्मचारीहरुले आफ्ना माग पूरा गराउन दबावमूलक गतिविधि गर्दै आएका छन् । तर, संघीय निजामती सेवा ऐनको मस्यौदामा समायोजन भएका कर्मचारीहरुको सरुवा स्थानीय तहबाट प्रदेश वा प्रदेशबाट केन्द्रमा हुने प्रावधान राखिएको छैन । सरकारले हालै ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था बनेको विधेयक’को मस्यौदा तयार पार्ने काम गरिरहेको छ । अति गोप्य भनिएको उक्त विधेयकको परिच्छेद ४ मा ‘सरुवा र काज’को व्यवस्था छ । त्यसमा समायोजन भएर गएका कर्मचारीहरु संघमा फर्किने बाटो खुलाइएको छैन ।

संघीय निजामती सेवा ऐनको मस्यौदामा लेखिएअनुसार निजामती कर्मचारीलाई सरुवा गर्ने अधिकार तोकिएको अधिकारीलाई हुने छ । तर, एक मन्त्रालय वा संघीय निकाय वा अन्तर्गतको विभाग वा कार्यालयको कर्मचारीलाई अर्को मन्त्रालय वा संघीय निकाय वा अन्तर्गतको विभाग वा कार्यालयमा मन्त्रालयले सरुवा गर्ने छ । यसैगरी नेपाल प्रशासन सेवा, लेखा समूहका कर्मचारीलाई महालेखा नियन्त्रकको कार्यालयले सरुवा गर्ने छ । राजपत्रांकित विशिष्ट र प्रथम श्रेणीका कर्मचारीलाई भने नेपाल सरकारले सरुवा गर्ने छ ।

सबै भौगोलिक क्षेत्रमा पद नभएका सेवा, समूह र श्रेणी वा तहका कर्मचारीहरुलाई पद भएका क्षेत्रमा वस्तुगत मापदण्ड बनाएर सरुवा गर्न सकिने मस्यौदा विधेयकको दफा २२ को उपदफा ४ मा व्यवस्था गरिएको छ । सरुवा गर्दा राजपत्रांकित विशिष्ट र प्रथम श्रेणी वा सो सरहका कर्मचारीलाई सामान्यताः कम्तिमा एक वर्ष र सोभन्दा मुनिका कर्मचारीलाई दुई वर्ष पूरा नभई अर्को कार्यालयमा सरुवा गरिने छैन । तर, परराष्ट्र सेवा अन्तर्गतका कर्मचारीको सरुवा सम्बन्धी व्यवस्था सेवा समूहसम्बन्धी नियम बमोजिम हुने मस्यौदामा उल्लेख छ । गत मंसिर २३ गते जारी भएको कर्मचारी समायोजन अध्यादेश–२०७५ मा सरुवा र बढुवा जुन प्रदेश वा स्थानीय तहमा समायोजन भएको हो, त्यहीँ मात्रै हुने व्यवस्था रहेको भन्दै कर्मचारीहरुले आन्दोलन गर्दै आएका छन् ।

यसबाट आफूहरुको वृत्ति विकासको बाटो बन्द भएको भन्दै कर्मचारीहरुले सर्वोच्च अदालतमा रिटसमेत दायर गरेका छन् । साथै समायोजन फारम नभर्ने लगायतका अडानसमेत राख्दै आएका छन् । यसअघि प्रदेश वा स्थानीय तहमा समायोजन भएकाहरुलाई केही पदमा मात्र बढुवाको अवसर दिने वा दिँदै नदिने भन्ने छलफल चलेको थियो । किनभने, समायोजन भएका कर्मचारीहरुलाई स्थानीय र प्रदेशमा पनि बढुवाको अवसर तथा संघमा पनि बढुवाको अवसर दिँदा दोहोरो सुविधाको अवसर हुने भन्दै कतिपयले यस्तो व्यवस्था उपयुक्त नहुने तर्क गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।