logo

विद्युत प्राधिकरणद्वारा जनमैत्री हस्पिटलको विद्युत् वक्यौता असुल 

    1939   पटक पढिएको

१९ जेठ /अर्थ र व्यापार - बालाजुस्थित जनमैत्री हस्पिटलको विद्युत् वक्यौता नेपाल विद्युत प्राधिकरणले  असुल गरेको छ । प्राधिकरणको वालाजु वितरण केन्द्रले हस्पिटलबाट ५२ लाख ५० हजार रुपैयाँ वक्यौता असुल गरेको हो । महसुल नतिरेपछि प्राधिकरणले हस्पिटलको विद्युत लाइन ०७३ वैशाखमा काटेको थियो। प्राधिकरणले ०७३ माघ ३० गतेदेखि हस्पिटललाई कालोसूचीमा राखेको थियो ।

त्यतिवेला हस्पिटलको विद्युत महसुल वक्यौता ८३ लाख ७८ हजार रुपैयाँ थियो। प्राधिकरणका अनुसार २५ प्रतिशत जरिवानासहित वक्यौता एक करोड ५ लाख रुपैयाँ पुगेको थियो ।बालाजु वितरण केन्द्र प्रमुख सुरज रेग्मीका अनुसार, हस्पिटलले अहिले वक्यौता आधा तिरेको र बाँकी रकम पाँच महिनाभित्रमा पाँच किस्तामा तिर्ने व्यवस्था मिलाइएको छ । आधा वक्यौता तिरेको र बाँकी पनि तिर्न हस्पिटल तयार भएपछि विद्युत् लाइन छिट्टै जोडिने रेग्मीले जानकारी दिए ।

केन्द्रले चालु आर्थिक वर्षको वैशाखसम्ममा  कालोसूचीमा रहेका ७६ ग्राहकबाट ६५ लाख ५४ हजार रुपैयाँ असुल गरेको छ । महसुल नतिर्ने ग्राहकको विद्युत लाइन काटेर एक करोड ६ लाख २५ हजार रुपैयाँ असुल गरिएको प्रमुख रेग्मीले बताए । उनले बिजुली चोरी गर्ने एक सय पाँच जनालाई कारबाही गरी १२ लाख ९६ हजार असुल गरिएको जानकारी दिए । केन्द्रका २६ हजार ग्राहकमध्ये करिब २९ प्रतिशतले अनलाइनमार्फत विद्युत महसुल तिर्ने गरेका छन् । केन्द्रले काठमाडौं महानगरपालिकाको वडा नम्बर १६, तारकेश्वर तथा नागार्जुन नगरपालिका र धादिङको धुनीबेसी नगरपालिको छत्रेदेउराली सम्म सेवा दिंदै आएको छ । केन्द्रले अस्तव्यस्त अवस्थामा रहेका विद्युतका तार पोलहरु सुधार गर्ने, आवश्यक स्थानमा फेर्ने, ट्रान्सफर्मरहरु थप गर्ने लगायतका कार्यहरु गर्दै आईरहेको छ । प्राधिकरणले ०७४को साउनबाट केन्द्र संचालनमा ल्याएको हो ।

 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।