logo

फागुनभित्रै जयनगर–जनकपुर रेल सञ्चालनमा आउने : मन्त्री महासेठ

    1463   पटक पढिएको

२० मंसिर/ अर्थ र व्यापार -  भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले आउँदो माघ फागुनभित्रै नेपालमा रेल चल्ने बताएका छन् । जयनगर–जनकपुरको कुर्थासम्म ३५ किलामिटरको काम लगभग सकिएको भन्दै उनले माघ फागुनभित्र रेल चल्ने दावी गरेका हुन् । बिहीबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा राष्ट्रिय गौरवका आयोजनाहरुका बारेमा भएको छलफलमा मन्त्री महासेठले  भने, ‘माघ–फागुनसम्म रेल सञ्चालन भइसक्छ, हामीले छिटो सञ्चालनमा ल्याउने गरी काम गरिरहेका छौं ।’
जयनगर–जनकपुर रेल सेवा यही मंसिरभित्रै सञ्चालन गर्ने भनिएको थियो । तर, रेल भाडामा लिने कि सरकार आफैंले किनेर चलाउने भन्ने विषयमा अन्यौल देखिएको थियो ।
भारतको सरकारी निकायसँग रेल भाडामा लिएर रेल चलाउने प्रक्रिया अपनाइएकोमा रेलको गुणस्तर र लागतसमेत बढी पर्न जाने देखिएपछि सरकारले रेल खरिद गरेर चलाउने निर्णय भएको थियो । भाडामा लिएर डिसेम्बरभित्रै रेल सञ्चालन गर्न यसअघि ५० करोड बजेट छुट्याइएकोमा यातायात मन्त्रालय र रेल्वे विभागले रेल किन्न थप रकम माग गरेका थिए ।
माग बमोजिम ५० करोड थप बजेट निकासा गर्न अर्थ मन्त्रालय तयार भएको यातायात मन्त्रालय स्रोतले बतायो । भाडामा लिँदा र आफैंले किन्दा बराबरीजस्तै देखिएपछि मन्त्रालय र विभाग रेल खरिद गर्ने निर्णयमा पुगेका थिए । हाललाई ७२ जनासम्म अट्न सक्ने १० डब्बाको रेल किन्ने सरकारको योजना छ । तर, नयाँ रेल किनेर ल्याउन समय लाग्ने भएकाले तत्काललाई भाडामै लिएर फागुनभित्रै जनकपुर–जयनगर रेल सञ्चालन गर्ने मन्त्री महासेठको भनाइ छ ।

बैठकमा मन्त्री महासेठले ४ बर्ष भित्र ६ वटा राष्ट्रिय गौरवका आयोजना सम्पन्न भइसक्ने दाबी गरेका छन् । हुलाकी लोकमार्ग, पुष्पलाल लोकमार्ग, तराई मधेस द्रुत मार्ग, कोशी लोकमार्ग, कालीगण्डकी कोरिडोर, कर्णाली लोकमार्ग, रेल्वे तथा मेट्रो विकास आयोजना ४बर्ष भित्र सम्पन्न हुने उनको भनाइ छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।