logo

मजदुर अभाव हुँदा संकटमा इँटा उद्योग 

    1979   पटक पढिएको


२३ कात्तिक/अर्थ र व्यापार– कोभिड–१९ महामारीका कारण मजदुर अभाव हुँदा मुलुकमा ८० प्रतिशत इँटा उद्योग बन्द हुने अवस्थामा पुगेको छ । 

नेपाल इँटा उद्योग व्यवसायी संघका सचिव अरुण प्रधानले राजविराजमा शनिबार आयोजित सप्तरी इँटा उद्योग व्यवसायी संघको पदस्थापन कार्यक्रममा कोभिड–१९ का कारण भारतको पश्चिम बङ्गालका मजदुरहरु आउन छाडेकाले ८० प्रतिशत ईटा उद्योगहरु संकटमा परेको बताए । 

नेपाली मजदुरहरु वैदेशिक रोजगारीमा जान रुचाउने र दक्ष, अनुभवी एवं सीपयुक्त मजदुर नहुने कारणले भारतको पश्चिम बङ्गालको मजदुरको भर पर्नुपरेको उनले बताए । 

सचिव अरुण प्रधानले उद्योगी व्यवसायीसँग नेपाल राष्ट्र बैंकले पाँच प्रतिशत ब्याज मात्र लिने भनी गरेको घोषणा व्यवहारमा कार्यान्वयन नहुँदा उद्योगी मारमा परेको बताए । 

प्रधानले काँकडभिट्टा, भैरहवा र जोगरबनी नाकाबाट कोइला ल्याउँदा ढुवानीमा बढी खर्च परिरहेकाले सप्तरीकै नाकाबाट कोइला ल्याउन पाइने व्यवस्थाको माग गरे ।

सप्तरीमा स्थापित उद्योगमध्येको इँटा उद्योगमा करिब १५ हजारले रोजगारी पाइरहेको र एक लाख व्यक्ति आश्रित रहेका छन् । सञ्चालनमा रहेको करिब ५० वटा इँटा उद्योगमा ६० देखि ७० व्यवासायी आबद्ध छन् । 

इँटा व्यवसायी संघ प्रदेश नं २ का उपाध्यक्ष शङ्कर दासका अनुसार एउटा उद्योगले रु १५ देखि १७ लाख कर तिर्ने गरेको छ । 

संघका नवनिर्वाचित अध्यक्ष दुर्गानन्दप्रसाद साहले कोभिड–१९ का कारण लामो समयदेखि भारतीय सीमानाका बन्द रहेकाले उद्योगमा इँटा पोल्न चाहिने कोइला आपूर्ति नभएको र भारतीय मजदुर पनि आउन नसकेकाले १० प्रतिशत मात्र इँटा उत्पादन भइरहेको बताए ।

विसं २०६२ मा प्रस्तावित सप्तरीको इँटा उद्योग व्यवसायी संघ २०७२ मा विधिपूर्वक दर्ता भएको हो । 

कार्यक्रममा व्यसायीहरुले एउटै आकारप्रकारको इँटा उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।