logo

लगानी बोर्डद्धारा तीन जलविद्युत परियोजनामा साढे ३८ अर्ब लगानी स्वीकृत 

    2230   पटक पढिएको


२६ कात्तिक/अर्थ र व्यापार– लगानी बोर्डले तीन वटा जलविद्युत परियोजनाका लागी ३८ अर्ब ६८ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । 

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको  बोर्डको ४५ औं बैठकले तीन वटा जलविद्युत परियोजनाका लागी उक्त रकम बराबरकोे लगानी स्वीकृत गरेको हो ।

सार्वजनिक निजी साझेदारी अवधारणामा कार्यान्वयन हुने ७७.५ मेगावाट क्षमताको धुन्साखोला जलविद्युत परियोजनाको लागी १७ अर्ब ६२ करोड ४० लाख रुपैयाँ, ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत परियोजनाको लागी १० अर्ब ६१ करोड ९१ लाख रुपैयाँ र ६५ मेगावाटको दूधखोला जलविद्युत परियोजनाको लागी १० अर्ब ४३ करोड ६० लाख रुपैयाँ लगानी स्वीकृत गरेको छ ।

बैंठकमा बोर्ड कार्यालयको क्षमता अभिवृद्धि तथा संस्थागत विकासका लागि परियोजना बैंक स्थापना गर्ने, विभिन्न सरोकारवाला निकायहरुसँग परामर्श गरि बोर्डको रणनीतिक योजना तयार गर्ने तथा नलेज म्यानेजमेन्ट पोर्टल स्थापना गर्ने बिषयमा छलफल भएको थियो । 

यसका साथै, एकल विन्दु सेवा केन्द्रलाई स्वचालित बनाएर सहज र शीघ्र सेवा प्रदान गर्ने बिषयमा छलफल भएको बोर्डले जनाएको छ ।

प्रधानमन्त्री ओलीले परियोजना कार्यान्वयनमा भइरहेको ढिलाइप्रति चासो राख्दै प्रविधिको प्रयोग गरेर प्रभावकारी रूपमा काम गर्न निर्देशन दिए । 

प्रधानमन्त्री ओलीले कोरोनाका कारण नियमित बैठक बस्न नसकेको बताउँदै आगामी दिनमा नियमित बस्ने जानकारी दिए । 

बैंठकमा बोर्डका सिईओ सुशील भट्टले बोर्डमार्फत भइरहेका परियोजनाका बारेमा जानकारी गराएका थिए ।

बैठकमा अर्थमन्त्री एवम् बोर्डका उपाध्यक्ष विष्णु पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा. पुष्पराज कँडेल, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।