logo

वैदेशिक रोजगार कार्यालय अघि कुनै कम्पनीको नाम नराखि बीमा पोलिसी बिक्री हुने व्यवस्था

    1526   पटक पढिएको

१ माघ/ अर्थ र व्यापार - वैदेशिक रोजगारी बीमा हुने अस्वस्थ प्रतिस्पर्धालाई रोक्न बीमा समितिले सामूहिक पुल(एकद्धार)मार्फत बीमा पोलिसी जारी गर्ने व्यवस्था गरेको छ । वैदेशिक रोजगारीका लागि हुने म्यादी बीमामा कम्पनीबीच अस्वस्थ प्रतिस्पर्धा हुने गरेको छ । अब एकै ठाउँबाट बीमा पोलिसी बिक्री हुने र कम्पनीको व्यापार हिस्सा अनुसार आम्दानी बाँडफाँड हुनेछ । वैदेशिक रोजगार कार्यालय अघि कुनै कम्पनीको नाम नराखि बीमा पोलिसी बिक्री हुनेछ । वैदेशिक रोजगार कार्यालय अघि कम्पनीरकम्पनीबीचको प्रतिस्पर्धाले कामका लागि विदेश जानेहरु तान्ने होडबाजी हुने गर्दथ्यो ।

मंगलबारदेखि कार्यान्वयनमा आएको यो नयाँ व्यवस्थाले वैदेशिक रोजगारीमा हुने अस्वस्थ प्रतिस्पर्धा रोकिनेछ । सामूहिक पुल कार्यान्वयन आएपनि कार्य्विधी तयार नहुन्जेलका लागि कम्पनीले आफै पोलिसी बिक्री गर्नेछन् भने पुल व्यवस्थापनको जिम्मा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई दिइएको छ ।

समितिले कार्य्विधि तयार पारि पुल तयार पार्न १५ दिनको लागि समयावधि दिएको छ । १५ भित्रमा कार्याविधि बनाई सामूहिक पुल तयार पार्ने सूर्या लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डले जानकारी दिए । पुल व्यवस्थापनको लागि छुट्टै कार्यालय आवश्यक पर्छ । त्यही कार्यालयले वैदेशिक रोजगार बीमा पोलिसी बिक्री गर्नेछ । पोलिसी बिक्री गर्नेदेखि दावी भूक्तानीसम्मका काम त्यही पुलमार्फत हुनेछ । जारी भएका पोलिसीलाई पुलले बजारमा कम्पनीको हिस्सा अनुसार भाग लगाएर दाबी भूक्तानी तथा प्रिमियम बापतको रकम दिनेछ ।

पुलको कार्यालय खर्च तथा कर्मचारी व्यवस्थापनको खर्च कम्पनीले गर्नुपर्नेछ । पुलमार्फत कार्यालयको ठाउँ र संख्या निर्धारण कार्य्विधिमै समेटिने पाण्डेले जानकारी दिए । पुलको कार्यालय स्थापना भएसँगै अहिले वैदेशिक रोजगार कार्यालय अगाडि खोलिएका कम्पनीहरुले आफु खुसी वैदेशिक रोजगार बीमा पोलिसी बिक्री गर्न पाउने छैनन् । यसका लागि वैदेशिक रोजगार कार्यालयसँग समन्वय गरि पुलले नै पोलिसी जारी गर्ने व्यवस्था मिलाउने बीमा समितिका निमित्त कार्यकारी अधिकृत राजुरमण पौडेलले जानकारी दिए ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।