logo

पूर्वाधार बिकास बैंकमा ज्ञवाली नियुक्त हुँदै

    1594   पटक पढिएको

 
१५ मंसिर/अर्थ र व्यापार -  सरकारको दश प्रतिशत शेयरसहित निजी क्षेत्रबाट ९० प्रतिशत लगानी जुटाउने गरी दर्ता भएको पूर्वाधार विकास बैंकको प्रमुख कार्यकारीमा अनिल ज्ञवाली नियुक्त हुने भएका छन् ।  आज साँझ बस्ने सञ्चालक समिति बैठकले ज्ञवालीलाई प्रमुख कार्यकारी नियुक्त गर्ने स्रोतले बतायो । उनी चार बर्षका लागि नियुक्त हुनेछन् ।  

तीन बर्षअघि ग्लोबल आइएमइ बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका ज्ञवाली कार्यकाल पूरा हुन दुई बर्ष बाँकी छँदै बाहिरिएका थिए । उनी ०७२ जेठमा ग्लोबल आइएमइ बैङ्कमा दोस्रो पटक छिरेका थिए । नबिल बैंकमा चार बर्षे कार्यकाल पूरा गरेलगत्तै उनी ग्लोबल आइएमइ गएका थिए ।  नबिलअघि पनि ज्ञवाली ग्लोबलकै प्रमुख कार्यकारी अधिकृत थिए। उनले त्यस बेला पनि चार बर्षे कार्यकाल सकिनु एक बर्ष बाँकी छँदै छाडेका थिए ।  

तत्कालिन नेपाल अरब बैंक (अहिलेको नबिल) को संस्थापक कर्मचारीका रुपमा ३३ बर्ष अगाडि बैंकिङ करियर सुरु गरेका ज्ञवाली त्यहाँ माथिल्लो व्यवस्थापनमै नियुक्त भएका थिए । उनी बैंकमा आवद्ध हुँदा अरब बैंकले सञ्चालन अनुमति समेत पाएको थिएन । अमेरिकाबाट पढेर फर्किएको केही समयभित्रै उनी बैंकमा गएका थिए ।

पूर्वाधार विकास बैंकले अहिलेसम्म सञ्चालन स्वीकृति पाएको छैन । राष्ट्र बैंकले प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेर प्रकृया पूरा गर्न सुझाब दिएको थियो । यही सुझाब अनुसार ज्ञवालीलाई नियुक्त गर्न लागिएको हो । २० अर्ब रुपैयाँ चुक्ता पूँजीसहित स्थापना हुन लागेको कम्पनीले ४५ प्रतिशत रकम जम्मा गरेपछि सैद्धान्तिक स्वीकृति पाएको थियो। प्रस्तावित बैंकको सञ्चालक समिति अध्यक्षमा पूर्व मूख्य सचिव डा. विमल कोइराला छन् ।  
 
बैंकमा सरकारसहित झन्डै तीन दर्जन उद्योगी तथा व्यवसायी, सरकारी उच्च प्रशासक र नेतृत्वदायी भूमिकामा पुगेका व्यक्तिको संलग्नता छ । बैंकको अवधारणामा नेपालका व्यवसायिक घराना विशाल ग्रुप, लक्की ग्रुप, आईएमई, मुरारका ग्रुप लगायतका समूह आवद्ध भएका छन् ।  बैंकमा कर्मचारी संचय कोष, नागरिक लगानी कोषको समेत शेयर रहनेछ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।