logo

संघीय संरचनाले मुर्तरुप लिन नसक्दा उद्योग दर्ता बढे पनि लगानी खुम्चियो

    1892   पटक पढिएको

८माघ /अर्थ र व्यापार - उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा ९ अर्ब ९ करोड २४ लाख रुपैयाँभन्दा लगानी गर्ने प्रतिवद्धता गर्दै उद्योग विभागमा २ सय ६८ वटा उद्योग दर्ता भएका छन् । पछिल्लो समय उद्योग थपिने क्रम बढेको छ । तर, उद्योग बढे पनि लगानी भने घटेको छ । खुद्रे लगानी आएकाले उद्योग बढे पनि लगानी घटेको हो । सबैभन्दा बढी लगानीको प्रस्ताब उत्पादनमूलक क्षेत्रमा आएको छ । त्यसपछि क्रमशः उर्जा, सेवा, पर्यटन, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, कृषि तथा वनजन्य, निर्माण क्षेत्रमा लगानीको प्रतिवद्धता आएको हो ।

संघीय संरचनाले मुर्तरुप लिन नसक्दा उद्योग दर्ता बढे पनि लगानी खुम्चिन पुगेको हुनसक्ने उद्योग विभागका अधिकारीहरु बताउँछन् । उत्पादनमूलक क्षेत्रमा ६ अर्ब १ करोड ९१ लाख लगानी गरेका छन् भने त्यसपछि क्रमशः उर्जामूलकमा २ अर्ब १ करोड ११ लाख, सेवामूलकमा ६ करोड १५ लाख, पर्यटनमा ५ करोड ९६ लाख, सूचना, प्रसारण तथा सञ्चार प्रविधिमा २ करोड ४० लाख, कृषि तथा वनजन्यमा १ करोड १ लाख, निर्माण क्षेत्रमा ६६ लाख रुपैयाँ बराबरको रकम लगानीको प्रतिवद्धता आएको छ ।

चालू आर्थिक वर्षको ६ महिनामा भएको लगानी प्रस्तावको तुलनामा गत आर्थिक वर्षको यसै अवधिको भन्दा ४ अर्ब रुपैयाँले कमी हो । गत आवको यसै अवधिमा २ सय ३५ वटा उद्योगमा १३ अर्ब ६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रस्ताव आएको थियो । 
उत्पादमुलक क्षेत्रमा ११ अर्ब ७७ करोड, उर्जामा १ अर्ब २ करोड ५९ लाख, पर्यटनमा ८ करोड २३ लाख, सेवामूलकमा ३ करोड १८ लाख, निर्माणमा १ करोड ४ लाख, सूचना, प्रसारण तथा सञ्चार प्रविधि ६७ लाख, कृषिजन्यमा १४ लाख र उत्पादन क्षेत्रमा ९ लाख रुपैयाँ लगानी गर्ने प्रस्ताव आएको थियो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २६८ वटा भएका छन् । जुन पछिल्लो आवको सोहि अवधिको तुलनामा ३३ वटाले बढी हो । पछिल्लो आवको सोहि समयमा कुल २३५ वटा उधोग दर्ता भएका थिए । संघीय संरचनाले मुर्तरुप लिन नसक्दा उद्योग दर्ता बढे पनि लगानी खुम्चिन पुगेको हुनसक्ने उद्योग विभागका अधिकारीहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।