logo

भारतीय आइसिआइसिआइ बैंक नेपाल आउन स्वीकृति पायो, कार्यालय प्रमुखमा थापालाई नियुक्त गर्दै

    1640   पटक पढिएको

१७ पुष  / अर्थ र व्यापार - भारतीय निजी क्षेत्रको सबैभन्दा ठूलो बैंक आइसिआइसिआइ बैंक नेपाल आउने भएको छ। बैंकले नेपाल प्रतिनिधि कार्यालय खोल्नका लागि राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृति पनि लिइसकेको छ।

अब अन्तिम स्वीकृति लिएपछि बैंकले कार्यालय सञ्चालन गर्ने छ। अन्तिम स्वीकृति पाउनुअघि बैंकले नेपालस्थित कार्यालयको प्रमुख नियुक्त गर्ने प्रकृया थालिसकेको छ। ग्लोबल आइएमइ बैंकको ट्रेजरी विभाग प्रमुख रञ्जन थापालाई बैंकले नियुक्ति गर्ने तयारी गरिरहेको छ।

’आइसिआइसिआइ बैंकमा जाने प्रकृया सुरु भएको छ। नियुक्ति भइसकेको छैन’ थापाले अर्थ र व्यापारसँग भने, ’प्रमुखमा नियुक्तपछि कार्यालय स्थापनाको काम सुरु हुनेछ।’ डेढ बर्षअघि ग्लोबल आइएमइ बैंक पुगेका उनले त्याहाँ राजीनामा गरिसकेका छन्। यसअघि कतारको सबैभन्दा ठूलो बैंक दोहाले नेपालमा प्रतिनिधि कार्यालय खोलेको थियो। दुबइको मस्रेकको पनि नेपालमा प्रतिनिधि कार्यालय छ।

’अन्तर्रा्ष्ट्रिय सम्बन्ध विस्तारका लागि हामीले भारतीय निजी क्षेत्रको सबैभन्दा ठूलो बाणिज्य बैंकलाई प्रतिनिधि कार्यालय खोल्न स्वीकृति दिएका छौं’ नेपाल राष्ट्र बैंकका एक अधिकारीले भने ’यसले नेपालका बैंकहरुलाई पनि अन्तर्रा्ष्ट्रिय ब्यापार विस्तारका लागि सहजीकरण हुन्छ।’

 आइसिआइसिआइ बैंकको प्रतिनिधि कार्यालयले नेपाली बैंकहरुलाई प्रतितपत्र खोल्नलगायत अन्य होलसेल बैंकिङ कारोबार गर्न सहजीकरणको काम गर्ने छ। नेपालमा मस्रेक बैंकले गरेजस्तै काम आइसिआइसिआइले गर्ने छ। आइसिआइसिआइमार्फत नेपाली बैंकहरुले ऋण पनि पाउने छन्।

आइसिआइसिआइ बैंकले नेपालमा खुद्रा बैंकिङ कारोबार गर्न पाउँदैन। उसले यहाँ बैंकिङ सम्बन्ध विस्तार गर्नुका साथै आफ्नो अन्तर्रा्ष्ट्रिरय अनुभव बाँड्ने काम गर्छ। ’नेपाली बैंकले खोलेको एलसीलाई सहजीकरण गर्ने काम गर्छ,’ थापाले भने। 

 प्रतिनिधि कार्यालय खोल्ने भएकाले उसलाई चुक्ता पूँजीको आवश्यकता पर्दैन। आफ्नो माउ कम्पनीको नीति नियम अनुसार नै उसले नेपालमा काम गर्छ।  सन् १९९४ मा खुलेको बैंकको भारतभर ४ हजार ८८२ वटा शाखा छन्। बैंकका १५ हजार १०१ एटिएम छन्। साढे १२ खर्ब कुल सम्पपति भएको बैंकमा नेपाली बैंकरहरुले पनि केही प्रयोगात्मक ज्ञान हासिल गर्ने मौका पाएका थिए।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।