logo

नेपालबाट दोब्बर मुल्यमा चिया निकासी बढ्यो 

    1874   पटक पढिएको

८ असोज/अर्थ र व्यापार- कोरोना संक्रमणका बिच नेपालबाट चिया निकासीमा उल्लेख्य मात्रामा बृद्धी भएको छ। 

कोरोना संक्रमणका कारण भारतको पश्चिम बंगाल सरकारले गरेको ६८ दिने लकडाउन र बर्षातका कारण भारतमा चिया उत्पादन घट्दा नेपालबाट दोब्बर मुल्यमा चिया निकासी बढेको हो । 

भारतमा अगस्टको थोक मूल्य सुचांकमा चियाको मूल्य ७९ प्रतिशतले बढेको छ । भारतमा उत्पादन घटेर मुल्यबृद्धी भएसँगै नेपालले त्यसबाट फाईदा लिन सकेको हो । 

भारतमा राम्रो उत्पादन हुँदा नेपालबाट होइन भारतबाटै चिया आउँथ्यो । तर अहिले नेपाली उद्योगीले महँगो मूल्यमा भारतमा चिया निकासी गरिरहेका छन् ।

नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलका अनुसार बैसाख यता चियाको मूल्यमा वृद्धि भएको बताए । उनका अनुसार गत वर्ष यति बेला प्रति किलो १ सय ५० देखि २ सय रुपैयाँमा चियाको निकासी गरिएकोमा यस वर्ष प्रति किलो ३ सय देखि ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको जानकारी दिए । 

जगदम्बा टि प्रोसेसिङका संचालक विष्णु न्यौपानेले गत वर्ष १० रुपैयाँ किलो पर्ने हरियो पत्ति अहिले ५० रुपैयाँ किलोमा र १५ रुपैयाँ पर्ने अर्थोडक्स चिया सय रुपैयाँ किलोमा बिक्री भइरहेको बताए । उनले कोरोना संक्रमणसँगै स्वदेशमै पनि चियाको खपत बढेको बताए ।

चालु आर्थिक वर्षको साउन र भदौमा १ अर्ब ४७ करोड मूल्यको ५१ लाख ८ हजार ५ सय १ किलो चिया निकासी भएको थियो । गत वर्षको साउन र भदौमा काँकडभिट्टा नाकाबाट ५९ करोड १६ लाख मूल्यको २३ लाख २२ हजार किलो सिटिसी चिया भारत निर्यात गरिएको थियो ।  
 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।