logo

डाक्टर केसीको जीवनरक्षाको माग गर्दै देशभरीका अस्पतालमा आकस्मिकबाहेक अन्य कक्षमा सेवा अवरुद्ध

    1356   पटक पढिएको

१८ माघ /अर्थ र व्यापार – डाक्टर गोविन्द केसीको जीवनरक्षाको माग गर्दै डाक्टरहरुले शुक्रबार देशभरीका अस्पतालमा आकस्मिकबाहेक अन्य कक्षमा काम नगर्ने भएका छन् । २४ दिन भैसक्दा पनि डाक्टर केसीको अनशन तोडाउन सरकारबाट कुनै पहल नभएपछि सरकारको ध्यानाकर्षण गराउन शुक्रबार सरकारी तथा नीजि अस्पतालका आकस्मिक बाहेकमा कक्षमा काम नगर्ने घोषणा गर्नुपरेको नेपाल चिकित्सक संघका अध्यक्ष मुक्ति श्रेष्ठले जानकारी दिए । 

डा. केसीका बारेमा सरकार गम्भीर भएपछि बाध्य भएर उपचार सेवा नै बहिष्कार गर्नुपरेको उनको भनाई छ । २४ दिनदेखि अनसनमा रहेका डाक्टर केसीको उपचारमा संलग्न डाक्टरले उनलाई तत्काल आईसीयूमा राखेर उपचार गर्नुपर्ने भने पनि केसीले आईसीयूमा भर्ना हुन मानेका छैनन् । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक परिमार्जनको माग गर्दै केसी अनशनमा बसे पनि दुवै सदनबाट बहुमतले यो विधेयक पारित भैसकेको छ । 

यसैबीच अनसन तत्काल तोड्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले डाक्टर केसीलाई आह्वान गरेको छ । नेकपाको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ऐन बन्ने प्रक्रियामा रहेकाले यो ऐन कार्यान्वयन गर्नको लागि अनसन तोडेर छलफलमा आउन पनि डाक्टर केसीसँग आग्रह गर्नुभयो । डाक्टर केसी र विज्ञसँगको छलफलपछि नै डाक्टर केसीको माग अनुसार विधेयक तयार गरिएको उनले दाबी गरे । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।