logo

विनोद चौधरीको हिमाल हाईड्रोका कारण साञ्जेन जलविद्युत आयोजना समस्यामा

    1716   पटक पढिएको

आषाढ १९/अर्थ र व्यापार– साञ्जेन जलविद्युत् आयोजनाले निर्माण गरिरहेको तल्लो साञ्जेन जलविद्युत् आयोजनाको काममा समस्या उत्पन्न भएको छ । 

अर्बपति विनोद चौधरीको स्वामित्व रहेको हिमाल हाइड्रोको लापरवाहिका कारण नेपाली जनताको लगानी रहेको साञ्जेन जलविद्युत् आयोजना समस्यामा परेको हो । 

चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीको रुपमा रहेको साञ्जेन जलविद्युत् आयोजनाले निर्माण गरिरहेको तल्लो साञ्जेन जलविद्युत् आयोजनाको ठेकेदारका रुपमा हिमाल हाइड्रो रहेको छ ।

सान्जेन जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले पनि हिमाल हाइड्रोका कारण आयोजना समस्यामा परेको बताए ।

ठेकेदार कम्पनीले समयमा काम नगर्ने, आयोजनाबाट पैसा लिने र बेपत्ता हुने गरेको पाइएको आयोजनाले जनाएको छ । रसुवामा निर्माणाधिन साञ्जेन जलविद्युत् आयोजनाको प्रमुख काम विगत ६ महिनादेखि करिब करिब अलपत्र अवस्थाको रहेको छ ।
भूमिगत संरचना निर्माण गर्न सहायक ठेक्का पाएको हिमाल हाइड्रोको समयमै काम नगर्दा आयोजना सम्पन्न हुने समय र लागत समेत बढ्दै गएको छ ।

भारतीय तथा नेपाली कम्पनी एसइडब्लु टुन्डी जेभीले मुख्य सुरुङ र भर्टिकल साफ्ट सुरुङ निर्माण गर्न हिमाल हाइड्रोलाई सहायक ठेक्का दिएको थियो । भारतीय कम्पनी पनि उनै चौधरीले नै नेपाल भित्र्याएका थिए ।

विगत ६ महिनादेखि निर्माण कार्यमा समस्या थुपार्दै आएको हिमाल हाइड्रोलाई कामको गतिलाई तीव्रता दिन पटक पटक ताकेता गरे पनि हिमाल हाइड्रोले अटेरी गरिरहेको कम्पनीले जनाएको छ । हिमाल हाइड्रोले जिम्मा लिएको आयोजनाको मुख्य सुरुङ र छड्के भर्टिकल सुरुङ लगायतको कामको गति एकदमै सुस्त रहेको छ ।

कूल २५० मिटर लामो छड्के भर्टिकल सुरुङ पूरा गर्न २ वर्ष लगाएको हिमाल हाइड्रोले सोही खालको अर्को सुरुङ निर्माण्मा समेत दुई वर्षभन्दा बढी लगाउने अवस्था देखिएको आयोजनाको दाबी छ ।

हिमाल हाइड्रो टाट पल्टिएको दाबी गर्दै काम रोकेको पनि बताइएको छ । कम्पनी टाट पल्टिएको तर्क अगाडि सारेर हिमाल हाइड्रोले काम रोकेको र निहुँ खोज्ने मात्रै काम गरेको आयोजनाको भनाइ छ । 

हिमाल हाइड्रो सिभिल संरचना निर्माण गर्न नर्वे्जियन कम्पनी स्टेटक्राफ्टले स्थापना गरेको कम्पनी हो । यही कम्पनीले नर्वेको लगानीमा निर्माण भएको ६० मेगावाटको खिम्तीको सुरुङ खनेको थियो । नर्वे्जियनले छोडेपछि नेपालमा यो कम्पनीले दर्जनौं आयोजनामा निर्माण गरेको छ । तर, चौधरीको स्वामित्वमा आएपछि कम्पनी धराशयी हुँदै गएको दाबी गरिएको छ ।

आयोजनाबाट आगामी डेढ वर्ष्भित्र विद्युत् उत्पादन गर्ने लक्ष्य छ । सो आयोजना समयमा सम्पन्न नहुने हो भने त्यसबाट कम्पनी तथा नेपाल विद्युत प्राधिकरणलाई ठूलो आर्थिक नोक्सानी हुने देखिएको छ ।

चौधरीको कम्पनीका कारण आयोजनाको काम रोकिएपछि आयोजना प्रमुख किरणकुमार श्रेष्ठले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई समेत जानकारी गराएका छन् । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।