logo

सरकारी निकायको काम कारबाहीबारे जन गुनासो सुन्ने सरकारी संयन्त्र हेल्लो सरकार प्रभावकारी बनाइदैं

    1488   पटक पढिएको

२० माघ /अर्थ र व्यापार  - सरकारी निकायको काम कारबाहीबारे जन गुनासो सुन्ने सरकारी संयन्त्र प्रभावकारीे बनाउन सरकारले प्रदेश ३ मा तालिम सञ्चालन गर्ने भएको छ । स्थानीय सरकारको सुशासन प्रबद्र्धनमा सहयोग पुर्याउन भन्दै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश ३ का सबै स्थानीय तह र जिल्ला समन्वय समितिका गुनासो सुन्ने अधिकारीलाई तालिम दिन लागेको हो ।

मन्त्रालयलका अनुसार माघ २४ र २९ गते गरी दुई चरणमा प्रदेश ३ का १३ जिल्लाका सूचना प्रविधि अधिकारी र प्रशासन फाँटका कम्प्युटर चलाउन जान्ने कर्मचारीका लागि तालिम सञ्चालन हुनेछ । पहिलो चरणको तालिम माघ २४ गते हुने र त्यसमा काठमाडौं उपत्यकाका तीन जिल्लाका ६५ कर्मचारी सहभागी हुने छन् ।

यो तालिम मन्त्रालयको सभाहलमा सञ्चालन गरिने छ । त्यस्तै दोस्रो चरणको तालिममा प्रदेश तीनका उपत्यका बाहिरका १० जिल्लाका करिब २२० कर्मचारी सहभागी हुने मन्त्रालयले जनाएको छ । जिल्ला समन्वय समिति काभ्रेको सभाहलमा माघ २९ गतेका लागि दोस्रो चरणकोे तालिम मिति तय भएको छ ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशका सातै प्रदेशका सरकारी निकायको हेल्लो सरकार तथा सामाजिक सञ्जालको प्रभावकारी सञ्चालनका लागि उक्त तालिम सञ्चालन गर्न लागेको बताएको छ । हेल्लो सरकार तथा समाजिक सञ्जालको माध्यमबाट सरकारी काम कारबाहीको प्रभावकारीता तथा जनताको गुनासो सुनेर सिघ्र व्यवस्थापनका लागि तालिम महत्वपूर्ण हुने मन्त्रालयको विश्वास छ । चरणबद्ध रुपमा देशका सबै प्रदेशमा तालिमका कार्यक्रम सञ्चालन गरिने मन्त्रालयले जनाएको छ ।

हेल्लो सरकार अन्र्तगत नागरिकले फेसबुक, ट्वीटर, भाइबर लगायतका सामाजिक सञ्जाल तथा फोनबाट सरकारी काम कारबाही तथा आफ्ना समस्या व्यक्त गर्न सक्नेछन् भने सरकारी संयन्त्रले पनि जनगुनासो समाधानमा प्रभावकारी भूमिका साजिक सञ्जालबाटै देखाउने छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।