logo

विदेशमा अवैतनिक सूचनादूत राख्ने सरकारको लक्ष्य

    1556   पटक पढिएको

२४ साउन / अर्थ र व्यापार – नेपालमा भएका घटनाको विदेशमा सही सूचना प्रवाह हुन सकोस् भन्ने हेतुले सरकारले विश्वका महत्वपूर्ण देश र सहरमा सूचना केन्द्र स्थापना गर्न गृहकार्य गरिरहेको छ । विभिन्न कामका सिलसिलामा विदेशमा बस्दै आएका व्यक्तिलाई हाम्रो मुलुकको सही सूचना सम्प्रेषण गराउन तथा त्यहाँबाट पनि सही सूचना प्राप्त गर्न अवैतनिक सूचनादूत राख्ने व्यवस्थाका लागि गृहकार्य भइरहेको छ ।

भूकम्पबाट अतिप्रभावित ११ तथा बाढीपहिरो प्रभावित आठ जिल्ला लगायत दुर्गम क्षेत्रका स्वास्थ्य केन्द्र र शैक्षिक संस्थामा तत्काल निःशुल्क इन्टरनेट उपलब्ध गराउने कामलाई सरकारले प्राथमिकतामा राखेको छ । काठमाडौँ उपत्यकाको पुरानो सरकारी र समावेशिताको नमुनाका रुपमा रहेको पद्मकन्या कलेजमा दुई वर्षका लागि निःशुल्क रुपमा वाइफाइ सेवा अब तुरुन्त सुरुआत हुने छ ।

बाजुरा र डोल्पामा मात्रै होइन, नजिकैका जिल्लाका समेत नपुगेका स्थानमा अब निकै चाँडै टेलिफोन सुविधा पुर्याइने छ । रोजगारीको अभावमा प्रतिभा पलायन हुने क्रम पछिल्लो समय बढ्दै गएकाले त्यसलाई रोक्न स्वदेशमै रोजगारीको अवसर सिर्जना हुने पूर्वाधार निर्माण र उद्योग स्थापनालाई प्रवद्र्धन गर्ने नीति अपनाइने छ । छाउपडीजस्ता ‘कु’ संस्कारलाई न्यूनीकरण गर्न सचेतना अभियानलाई  तीव्र तुल्याइने छ । 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।