logo

ब्यापार घाटा कम गर्न आयात नियन्त्रण गर्ने सरकारको योजना

    1741   पटक पढिएको

१६ माघ /अर्थ र व्यापार  - बढ्दो गतिमा ब्यापार घाटा बढेका कारण अर्थतन्त्रमा नकारात्मक सूचकहरु देखा पर्दै गएपछि सरकारले आयात नियन्त्रणको योजना तयार गरेको छ । ब्यापार घाटाले शोधनान्तर घाटालाई निरन्तर वृद्धि गरेपछि सरकारले महंगा, बिलासी र  आन्तरिक उत्पादनले थेग्न सक्ने केही वस्तुको विदशेबाट हुने आयातलाई खुम्च्याउन प्रस्ताव गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नियन्त्रण गर्न सकिने केही वस्तु तथा सेवाको सूची तयार गरेर मन्त्रिपरिषदमा पेश गरेको छ । यदि यो सूची जस्ताको तस्तै पास भएमा केही बिलासी उपभोगमा वस्तुको आयात रोकिनेछ । सरकारले महंगा किसिमका गाडी, भाँडाकुँडा, फलफूल, बेभरेज, इलेक्ट्रोनिक्स सामग्री, मसला, कस्मेटिक सामान, गहना, खेलौना, रक्सी र सजावटका समाग्री लगायतको आयातमा नियन्त्रण गर्न प्रस्ताव गरेको छ ।

वाणिज्य मन्त्रालयका सहसचिव नवराज ढकालका अनुसार यसअघि सरकारले विभिन्न सन्धी तथा महासन्धीका आधारमा पनि विभिन्न वस्तुहरुको आयातमा रोक लगाएको थियो । २०६६ कात्तिक १६ मा राजत्रमा प्रकाशित गरिएको मन्त्रिपरिषद्को केही वस्तुको आयात रोक्ने सम्बन्धी सोही निर्णयलाई परिमार्जन गर्न लागिएको हो । ब्यापार घाटा कम गर्ने उपाय खोज्न अर्थ मन्त्रालयले पनि राजश्व सचिवकै नेतृत्वमा एउटा समिति बनाएर अध्ययन गरिरहेको छ । आयात रोक्न सकिने वस्तु तथा सेवाबारे राष्ट्र बैंकले पनि अध्ययन गरिरहेको छ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा आयात ३४.२ प्रतिशतले बढेर ६ खर्ब ७ अर्ब पुगेको छ । अघिल्लो वर्षको यस्तै अवधिमा यस्तो आयात १८.२ प्रतिशतले बढेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट ३१.७ प्रतिशत, चीनबाट ४७.७ प्रतिशत र अन्य मुलुकबाट ३३.७ प्रतिशतले आयात बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, सवारी साधन तथा पार्टस, हवाईजहाज तथा पार्टपुर्जा, एम.एस. बिलेट, अन्य उपकरण तथा पार्टपुर्जा, तरकारी, फलफूल तथा चामल लगायतका वस्तुको आयात बढेको छ । कुल निर्यात ११.२ प्रतिशतले वृद्धि भएर ३७ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०.१ प्रतिशतले वृद्धि भएको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।