logo

५ महीनामा जेनेरेटर आयात ३ सय ५९ प्रतिशतले बढ्यो 

    1765   पटक पढिएको

२२ पुस/अर्थ र व्यापार– चालू आर्थिक वर्षको पहिलो ५ महीनामा जेनेरेटरको आयातमा उल्लेख्य बृद्धी भएकोछ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो वर्षको पहिलो ५ महिनाको तुलनामा जेनेरेटरको आयात ३ सय ५९ प्रतिशतले बढेको हो ।

चालू आवको पहिलो ५ महीनामा भन्सारबाट कुल ७०७ थान जेनेरेटर नेपाल भित्रिएका छन् । गत आवको सोहि अवधिमा १५४ थान मात्र जेनेरेटर भित्रिएको थियो ।

चालू आवको पहिलो ५ महीनामा ब्याट्रीको आयातमा पनि ७७ प्रतिशतले वृद्धि भएको छ । तर गत आवमा इन्भर्टरको आयात ५६ थानबाट घटेर ५० थान मात्रै आयात भएकोमा चालु आवको पहिलो ५ महिनामा जम्मा २९ थान मात्र इन्भर्टर आयात भएको विभागको तथ्यांकले देखाउँछ ।

कुलमान घिसिङको कार्यकाल सकिएसँगै पहिलेको तुलनामा बढी बिजुली काटिन थालेपछि केही समयको लागि भएपनि काम कारबाही तथा व्यवसाय प्रभावित हुन थालेको प्रति सर्वसाधारणको गुनासो बढेको छ । 

सर्वसाधारणमा लोडशेडिङ फेरि शुरू हुने हो कि भन्ने आशंका बढ्दै गएपछि प्राधिकरणले दुईपटक विज्ञप्ति नै निकालेर लोडशेडिङ नहुने बताइसकेको छ । 

भन्सार विभागका महानिर्देशक सुमन दाहालले यही कारणले जेनेरेटरको आयात बढेको भनेर एकिन गर्न नसकेपनि तथ्यांकअनुसार गतवर्षको तुलनामा जेनेरेटरको आयात बढेको बताए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।