logo

गण्डकीका मुख्यमन्त्री भन्छन्-’सुशासनका लागि सुधार जरूरी,’ अख्तियारले पठायो ६१ बुँदे सचेतपत्र 

    1561   पटक पढिएको

१८ मंसिर / अर्थ र व्यापार - राजनीतिक व्यवस्था फेरिए पनि त्यस अनुकूल कर्मचारीतन्त्रमा परिवर्तन आउन नसक्दा सुशासन र भ्रष्टाचार अन्त्यका लागि काम हुन नसकेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् । 

उद्योग वाणिज्य महासंघ र पोखरा उद्योग वाणिज्य संघले अमेरिकी दुतावाससँगको सहकार्यमा मंगलबारबाट पोखरामा सुरू गरेको स्थानीय सरकारका पदाधिकारीका लागि सुशासनसम्बन्धि तीनदिने  तालिममा उनले  अब कर्मचारीतन्त्र र प्रहरी तथा सेनामा समेत व्यापक सुधारको खाँचो रहेको बताए । 

’गएको आर्थिक वर्षमा स्थानीय तह र प्रदेशहरूले ५० प्रतिशत हाराहारी बजेट पनि खर्च गर्न सकेनन्,’ उनले भने, ’त्यही खर्चमा समेत पारदर्शिता नहुँदा अख्तियारले प्रश्न उठाउँदै ६१ बुँदे सचेतपत्र पठाएको छ ।’ स्थानीय तहमा अनुगमन र आवधिक योजनाको अभाव भएको भनाई उनको थियो । ’स्थानीय तहमा सशक्तिकरणसँगै तालिमको आवश्यकता देखिएको छ,’ उनले भने । 

अमेरिकी दुतावासकी सूचना अधिकारी एवं प्रवक्ता एण्डी डी अर्मेन्टले निजी क्षेत्रसँगको सहकार्यमा बिभिन्न प्रदेशका लागि आयोजित सुशासन सम्बन्धि प्रदेशस्तरीय यसपटकको तालिमको अन्तिम कार्यक्रम पोखराको रहेको बताइन । तालिम दुतावासको भन्दा पनि महासंघकै हो भन्दै उनले अमेरिकाले यस विषयमा सहकार्य मात्र गरेको स्पष्ट पारिन् । तालिममा गण्डकी प्रदेश अन्तर्गतका स्थानीय तहका २० पदाधिकारीको सहभागिता छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।