logo

फ्रान्स र थाइल्यान्डका लागि प्रस्तावित राजदूतको आज सुनुवाइ हुँदै

    1377   पटक पढिएको

३ माघ/ अर्थ र व्यापार   - सरकारबाट प्रस्तावित दुई जना राजदूतको आज सुनुवाइ हुँदैछ । फ्रान्सका लागि प्रस्तावित आवासीय राजदूत दीपक अधिकारी र थाइल्याण्डका लागि प्रस्तावित राजदूत गणेशप्रसाद ढकालको आज सुनुवाइ हुन लागेको हो ।
सुनुवाइका लागि बिहान ११ बजे संसदीय सुनुवाई विशेष समितिको बैठक बोलाइएको छ । गत पुस ६ गते र ९ गते बसेको मन्त्रिपरिषद् बैठकले ढकाल र अधिकारीसहित पाँच जनालाई विभिन्न देश तथा नियोगका लागि राजदूत सिफारिस गरेको थियो । तर पाँचै जनाविरुद्ध एउटा पनि उजुरी परेको छैन । त्यसैले सीधै सुनुवाइ गर्न पहिलो चरणमा अधिकारी र ढकाललाई आजको बैठकमा बोलाइएको समितिका उपसचिव केशव अर्यालले जानकारी दिए ।

आजको बैठकमा अधिकारी र ढकालले आफ्नो कार्ययोजना पेश गर्ने र त्यसमा छलफल हुने कार्यक्रम छ । उपसचिव अर्यालले भने, ‘प्रस्तावित राजदूतहरुले आफ्नो कार्ययोजना प्रस्तुत गरेपछि माननीयहरुबाट त्यसमा जिज्ञासा राख्ने, थप प्रष्ट हुने र सुझाव दिने लगायतका काम हुन्छ ।’ सरकारले परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीलाई फ्रान्सका लागि आवासीय तथा एन्डोरा, मोनाको र पोर्चुगलका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्तिको सिफारिस गरेको थियो ।
यसैगरी गणेशप्रसाद ढकाललाई थाइल्याण्डका लागि राजदूत नियुक्तिको सिफारिस गरेको थियो ।

दुर्गाप्रसाद भण्डारीलाई कुवेतका लागि र भृगु ढुंगानालाई क्यानाडाका लागि आवासीय राजदूत तथा क्युबा र जमैकाका लागि गैरआवासीय नेपाली राजदूतमा सरकारले सिफारिस गरेको थियो । यस्तै, मणिप्रसाद भट्टराई संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिमा सिफारिस भएका छन् ।

संसदीय सुनुवाई विशेष समितिले १० दिनको म्याद दिएर यही पुस १८ गते उजुरी आह्वान गरेको थियो । तर, निर्धा्रित समयसम्म प्रस्तावित राजदूतहरुविरुद्ध कुनै पनि उजुरी प्राप्त भएन । तर क्यानडाका लागि राजदूत आवश्यक नरहेको जिकिर गर्दै समितिमा पत्र प्राप्त भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।