logo

४ पर्यटकीय गन्तव्यमा बन्ने रिसोर्टमा विदेशी लगानी खोजिने

    1531   पटक पढिएको

५ मंसिर / अर्थ र व्यापार - नेपाल पर्यटन बोर्डले ल्याएको ‘लोन्ली इको रिसोर्ट’को अवधारणामा विदेशी लगानी खोजिने भएको छ । बोर्डले चालु आर्थिक वर्षको बजेटमा विभिन्न चार पर्यटकीय गन्तव्यमा रिसोर्ट खोली सञ्चालन गर्ने अवधारणा समेटेको थियो ।

चालु आवभित्रै कम्तीमा रिसोर्ट सञ्चालनको मोडालिटी तयार गर्ने सरकारको तयारी छ । बोर्डका निर्देशक मणिराज लामिछानेले इको रिसोर्ट सञ्चालनको मोडालिटी तय गर्न बुधबारबाट सरोकारवालासँग छलफल थालिएको बताए । तारागाउँ विकास बोर्डका सदस्यसँग बुधबार बोर्डले छलफल गरेको छ । अब छिट्टै लगानी बोर्डसँग छलफल गर्ने तयारी भएको उनले जानकारी दिए ।

‘हामीले विभिन्न स्थानमा खुल्ने इको रिसोर्टका लागि विदेशी लगानीको अपेक्षा गरेका छौं’, निर्देशक लामिछानेले भने, ‘उक्त सम्भावना खोज्न लगानी बोर्डसँग छलफल गर्दैछौं ।’
बोर्डले व्यावसायिक रूपमा आतिथ्य सेवा नपुगेको र कानूनी हिसाबले पनि खोल्न नमिल्ने स्थानमा पर्यटकको सुविधाका लागि पर्यावरणमैत्री रिसोर्ट स्थापनाको अवधारणा ल्याएको छ । ताप्लेजुङको पाथिभरा, मुगुको रारा, डोल्पाको से–फोक्सुन्डो र सुदूरपश्चिमको खप्तडमा लोन्ली रिसोर्ट निर्माण तथा सञ्चालनको योजना रहेको छ । यस वर्ष लोन्ली इको–रिसोर्ट सञ्चालनसम्बन्धी मोडालिटी निर्धारणको प्रतिवेदन तयार गरिने बोर्डको बजेटमा उल्लेख छ ।

यस्ता रिसोर्टहरूमा संघ, प्रदेश र स्थानीय सबै तहको सहभागिता निश्चित गरी अपनत्व लिने वातावरण बनाइने भएको छ । यसका साथै निजी क्षेत्रसमेत सहभागी हुन सक्ने गरी रिसोर्ट सञ्चालनको मोडालिटी बन्ने छ । यी गन्तव्य राष्ट्रिय निकुन्ज तथा संरक्षित क्षेत्रभित्र पर्छन् । यहाँ निजी क्षेत्रले आफू–खुसी संरचना बनाउन सक्दैन । तर, यहाँ पर्यटकको आगमन भने निरन्तर बढ्दो छ ।

पर्यटकलाई सुविधा दिन अत्यावश्यक होटेल तथा रिसोर्ट सुविधाको माग पनि उत्तिकै रहेको छ । यही आवश्यकता पूरा गर्न इको रिसोर्ट सञ्चालनको निष्कर्षमा बोर्ड पुगेको हो । वातावारण संरक्षण गर्दै पर्यावरणमैत्री संरचना निर्माण गर्ने र पर्यटकलाई सेवा सुविधा दिने गरी मोडालिटी तयार पारिने निर्देशक लामिछानेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।