logo

कालोसूचीमा राख्ने बैंकको धम्कीविरुद्ध एफएनसीसीआई, ऋण तिर्ने म्याद तीन महिना सारिदिन सरकारसंग माग

    1890   पटक पढिएको

२२ पुस/अर्थ र व्यापार– नेपाल उद्योग वाणिज्य महासंघले बैंकहरुको ऋण तिर्ने म्याद तीन महिना सारिदिन सरकारसंग माग गरेको छ ।

महासंघका अध्यक्ष शेखर गोल्छासहितको प्रतिनिधिमण्डलले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटेर बैंकहरुले कालोसूचीमा राख्ने धम्की दिइरहेको भन्दै ऋण तिर्ने म्याद कम्तीमा तीन महिना सारिदिन माग गरेको हो । 

महासंघका प्रतिनिधिमण्डलले बैंकहरुले स्पष्ट कानुनी व्यवस्था हुँदा हुँदै उद्यमी व्यवसायीमाथि गरेको कडाइले निजी क्षेत्र समस्यामा परेको बताएका छन् । उनीहरुले  बैशाख यतामात्रै बैंकहरुले २८ सय व्यवसायीलाई कालोसूचीमा राखिएको समेत अर्थमन्त्रीलाई जानकारी दिए ।

महासंघका अध्यक्ष गोल्छाले बैंकहरुको रबैया यस्तै रहे ५० प्रतिशतभन्दा बढी साना मझौला उद्यम बन्दै हुने अवस्थामा पुग्ने बताए । बैंकहरुले धमाधम लिलामीको सूचना निकालेपछि महासंघको नेतृत्वलाई सरकार गुहार्न दबाब परेको थियो ।

यसअघि पर्यटन व्यवसायीहरुले एनआइसी एसिया बैकको नामै तोकेर राष्ट्र बैंकले सहुलियत दिएका पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायको लिलामीको सूचना निकालेको गुनासो गरेका थिए । 
महासंघले लकडाउन र निषेधाज्ञाका कारण लेखापरीक्षण प्रतिवेदन कर कार्यालयमा बुझाउनुपर्ने समय तीन महिना थप्न माग गरेको छ ।

महासंघले साना मझौला उद्यमीलाई यो बाहेक पनि छुट्टै रिकभरी जस्तो कर छुट, विभिन्न अन्य शुल्क मिनाहा र बजार प्रवर्द्धनलगायतको प्याकेज ल्याउन अर्थमन्त्रीसंग माग गरेको छ ।

भेटमा अर्थमन्त्री पौडेलले महासंघका तर्फबाट राखिएका सुझावहरूलाई आफूले गम्भीरतापूर्वक लिएको र प्राप्त सुझावहरुको कार्यान्वयनमा सहयोग गर्ने आश्वासन दिएका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।