logo

महासंघको एसोसिएट्स तर्फको केन्द्रिय सदस्यमा भिड्दै सेयरबजारका खेलाडी पौडेल

    1872   पटक पढिएको


१९ कात्तिक/अर्थ र व्यापार– सेयरबजारका ठुला लगानीकर्ता अम्बिका प्रसाद पौडेलले नेपाल उद्योग बाणिज्य महासंघमा एसोसिएट्स तर्फबाट केन्द्रिय सदस्यमा उम्मेद्वारी दिएका छन् । 

पौडेलले आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिएका उपाध्यक्ष चन्द्र प्रसाद ढकाल समुहबाट केन्द्रिय सदस्यमा उम्मेद्वारी दिएका हुन् । 

पौडेलले उद्योगी तथा व्यवसायीहरुको बाहुल्यता रहेको महासंघमा मुद्रा तथा पूंजीबजारको पनि प्रतिनिधित्व हुनुपर्छ भन्ने उदेश्यले आफुले उम्मेद्वारी दिएको बताए । 

महासंघका धेरै उद्योगी तथा व्यवसायीहरुको लगानीको थलो सेयरबजार भएपनि सेयरबजारबारे कुरा गर्ने थलोको रुपमा महासंघ बन्न नसकेको बताउदै बिभिन्न बिषय उठानका लागि आफुले महासंघ र सेयरबजारमा पुलको काम गर्ने उनले बताए । 

नेपाल इन्भेष्टर्स फोरमको अध्यक्ष समेत रहिसकेका पौडेल बिगत २५ बर्षदेखि सेयरबजारसँग प्रत्यक्ष रुपमा जोडिएका छन् । 

निजामति कर्मचारीका रुपमा काम गरेको अनुभव समेत रहेका पौडेललाई नियामकिय निकाय तथा सरकारसंग निती तथा कार्यक्रम तर्जुमा गर्नलाई पुलको काम गर्न सक्ने व्यक्तिको रुपमा समेत लिइन्छ । 

पौडेल चन्द्रागिरी हिल्सका प्रालिका संचालक समेत हुन् । पौडेलसँग बिभिन्न बैक तथा वित्तीय संस्थाको संचालक तथा जिम्मेवार पदमा रहेर काम गरेको अनुभव छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।