logo

सम्मानित निजीक्षेत्र र समुन्नत मुलुक निर्माणका लागि एकजुट भएर काम गर्छौंः महासंघ अध्यक्ष शेखर गोल्छा

    1846   पटक पढिएको


१५ मंसिर/अर्थ र व्यापार– निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको १९ औं अध्यक्ष बन्न सफल शेखर गोल्छाले संमृद्ध मुलुक निर्माणका लागि एकजुट भएर काम गर्ने बताएका छन् ।

शनिवार भएको नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभाबाट नयाँ टिम आएको उल्लेख गर्दै अब सबै एकजुट भएर सम्मानित निजीक्षेत्र र समुन्नत मुलुक निर्माणका लागि एकजुट भएर काम गर्ने बताएका हुन् ।

आइतबार अध्यक्षको पदभार ग्रहणपछि गोल्छाले चुनावको मनमुटाव बिर्सिएर सहकार्य गर्न आग्रह गरेका छन्।गोल्छाले निवर्तमान अध्यक्ष भवानी राणको नेतृत्वमा काम गर्न पाउँदा धन्य भएको भन्दै पूर्व अध्यक्ष पशुपति मुरारकालाई समेत आभार व्यक्त गरे। 

अध्यक्ष पदमा आएलगत्तै तत्काल उद्यमी व्यवसायीलाई राहत, अर्थतन्त्र सुधार, दिगो आर्थिक वृद्धिका लागि वार्षिक चार हजारको रोजगारी सिर्जना लगायत रणनीतिक योजना अनुसार अगाडि बढ्ने लक्ष्य रहेको उनले बताए।

गोल्छाले महासंघ जस्तो गरिमामय संस्थाको आजबाट नेतृत्व गर्ने अवसर पाएको र यहाँँसम्म पुग्न साथ दिने सम्पूर्णमा हार्दिक आभार व्यक्त गरेका छन् । अब नयाँ टिमले महासंघले तयार पारेको रणनीति योजनाको कार्यान्वयन लाग्ने बताए।

पदभार ग्रहण कार्यक्रममा निवर्तमान अध्यक्ष भवानी राणाले गोल्छाको नेतृत्वले महासंघ थप विस्तार हुने बताइन। राणाले नवनिर्वाचित सबै पदाधिकारी राम्रो भएकोले महासंघ थप बलियो हुने बताइन। 

महासंघमा वरिष्ठ उपाध्यक्षनै भावी अध्यक्ष बन्ने विधानअनुसार गोल्छा स्वत महासंघको १९ औं अध्यक्ष बनेका हुन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।