logo

कोभिड–१९ पछिको अर्थतन्त्र प्रविधिमा आधारित हुनुपर्छः शेखर गोल्छा 

    1941   पटक पढिएको


१९ मंसिर/अर्थ र व्यापार– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले संकटले केही न केही अवसर प्रदान गर्ने भन्दै कोभिड–१९ महामारीले प्रविधिलाई फस्टाउने अवसर दिएको बताएका छन्।

इ–बिजनेस पोलिसी फोरमको भर्चुअल छलफल कार्यक्रममा आफ्नो धारणा राख्दै गोल्छाले महामारी पछिको अवस्थामा आर्थिक बृद्धि तथा रोजगारी सिर्जनाका लागि प्रविधिमा आधारित व्यवसायमा सबैको ध्यान जानुपर्ने बताएका हुन् ।

गोल्छाले महासंघले भिजन पेपर बनाइरहेको र त्यसमा इन्टरनेट तथा प्रविधिमा आधारित व्यवसायलाई प्राथमिकतामा राखिएको बताए ।

विकसित मुलुकमा निकै भरपर्दो भइसकेको भएपनि इकमर्श जस्ता प्रविधिमा आधारित व्यवसाय नेपालमा भने प्रारम्भिक चरणमै रहेकाले यसमा नियमनदेखि पूर्वाधारसम्ममा काम गर्नुपर्ने गोल्छाको भनाइ छ । 

प्रविधिमा आधारित व्यवसायमा युवाहरुले हात हाल्ने भएकाले उनीहरुलाई पुँजी तथा झन्झटरहित र स्पष्ट नियमन हुनुपर्ने उनको भनाइ छ ।

अहिलेको अवस्थामा नेपालमा झन्झटिलो प्रक्रिया तथा अस्पष्ट नीतिगत व्यवस्थाका कारण उल्टो निरुत्साहितमात्र भइरहेको उनले बताए।

उद्योग वाणिज्य महासंघले देशमा प्रत्येक वर्ष प्रविधिमा आधारित चार लाख नयाँ रोजगारी सिर्जना गर्ने उपायाहरु समेटेर भिजन पेपर बनाइरहेको उनले जानकारी दिए ।

नेपालमा किसानहरुले धेरै बिचौलियाका कारण लाभ गुमाइरहेका भन्दै अध्यक्ष गोल्छाले इ–हाटको व्यवस्था गर्न सकिए किसानहरुले लाभ पाउने र देशको अर्थतन्त्र पनि सबल हुने बताए ।

गोल्छाले सबैको आवश्यकतालाई छुने तथा प्रविधिबाट सम्बोधन गर्नका महासघले इ–हाटको अवधारणामा काम गरिरहेको जानकारी दिए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।