logo

पाँचतारे होटल सोल्टी वेष्ट एण्ड प्रिमियरको प्रधानमन्त्री केपीशर्मा ओलीद्वारा उद्घाटन

    1946   पटक पढिएको

४ बैशाख /अर्थ र व्यापार - सोल्टी होटल र नेपाली लगानीकर्ताको सहकार्यमा नेपालगंजमा स्थापना भएको पाँच तारे होटल सोल्टी वेष्ट एण्ड प्रिमियरको मंगलबार पूर्ण रुपमा संचालनमा आएको छ । प्रधानमन्त्री केपीशर्मा ओली, उर्जामन्त्री वर्षमान पुन र पाँच नम्बर प्रदेशका मूख्यमन्त्री शंकर पोखरेलले होटलको उद्घाटन गरे । यो होटलको सफ्ट लन्च एक वर्ष अघि अंग्रेजी नयाँ वर्षमा भएको थियो।सोल्टी होटल समूहले ५५ करोड रुपैयाँ प्रारम्भिक लगानीमा नेपालगंजमा ८१ कोठा सहित सुविधा सम्पन्न होटल संचालनमा ल्याएको हो । 

यो होटलले नविकरणीय उर्जा प्रयोग गरेको, वर्षाको पानी प्रयोग गरेको र उत्सर्जित फोहोर पानीलाई प्रशोधन गरेर पुनः प्रयोगमा ल्याएकोमा दिल्लीमा आयोजित १४औं अन्तराष्ट्रिय ट्राभल अवार्ड कार्यक्रममा ‘वेष्ट डेब्यु ग्रीन होटल’ को पुरस्कार समेत पाएको थियो ।
पाँच दशकदेखि काठमाण्डौमा पाँच तारे होटल सोल्टी क्राउन प्लाजा संचालन गरिरहेको सोल्टी होटल समूहको काठमाण्डौ उपत्यका बाहिरको यो पहिलो होटल हो । यो समूहले पर्यटकीय नगर पोखरामा समेत चार तारे होटल निर्माण गर्दैछ ।
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।