logo

अर्थमन्त्रालयका कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्न बन्देज, माघ १ गतेबाट आचार संहिता लागु

    1237   पटक पढिएको

७ माघ /अर्थ र व्यापार - अर्थमन्त्रालयले आफ्नो माताहतका कर्मचारीहरुलाई सदाचारयुक्त बनाउने भन्दै आचार संहिता लागू गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले पुष ३० गते स्वीकृत गरेको आचार संहिता माघ १ गतेबाट लागू भएको अर्थ मन्त्रालयले जनाएको छ ।

आचार संहितामा मुख्य गरी कर्मचारीबाट चुहावट हुने सूचनालाई नियन्त्रण गर्न खोजिएको छ । आचार संहिता अनुसार अब अर्थमन्त्रालय माताहतका कर्मचारीले आफ्नो पदीय हैसियत राखेर कुनै पनि सामाजिक सञ्जाल सञ्चालन एवं प्रयोग गर्न पाउने छैनन् ।
कर्मचारीहरुले आफ्नो माथिल्लो निकायको स्वीकृति विना सरोकारवालाहरुलाई कामको सिलसिलामा कार्यस्थल बाहिर भेट्न पाउने छैनन् भने कुनै पनि सेवाग्राहीको प्रतिनिधि वा एजेन्ट भएर काम गर्न पनि बन्देज लगाइएको छ ।

अर्थ मन्त्रालयका कर्मचारीहरुले व्यक्तिगत लाभ हासिल गर्ने वा अन्य मतलबयुक्त काम गर्ने वा गराउने उद्देश्यले कार्यस्थलबाहेक आफ्नै निवासमा पनि भेटघाट गर्न नहुने संहितामा उल्लेख छ । आफ्नो कार्यालयका कुनै पनि पदीय हैसियतका कर्मचारीको बारेमा सार्वजनिक टिका टिप्पणी गर्न नपाईने, आफू कार्यरत संस्थाको तथ्याकं एवं सूचनाहरु अनुमति बिना सार्वजनिक गर्न नमिल्ने संहितामा भनिएको छ ।

आचार संहिता पूर्ण पालाना गर्ने प्रण गर्दै हरेक कर्मचारीले सपश लिनु पर्ने पनि संहितामा उल्लेख गरिएको छ । काज सरुवा भएर आउनु कर्मचारीले मन्त्रालय वा विभागमा हाजिर गर्नु पूर्व नै शपथ लिनु पर्ने मन्त्रालयले जनाएको छ ।

 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।