logo

अर्थ मन्त्रालयद्धारा पहिलो चौमासिक समिक्षा विवरण सार्वजनिक, अर्थतन्त्र सुदृढ हुँदै गएको दावी

    2068   पटक पढिएको

१ पुस/अर्थ र व्यापार– अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो चौमासिक अवधिको समिक्षा विवरण सार्वजनिक गरेको छ ।

अर्थ मन्त्रालयले पहिलो चौमासिक अवधिमा कोरोना भाइरसको महामारीकाबीच पछिल्लो समय चलायमान भएको बजारका कारण अर्थतन्त्रमा सकारात्मक अवस्था सिर्जना भएको  विश्लेषण गरेको छ ।

मन्त्रालयका अनुसार यस अवधिमा व्यापार सन्तुलन, चालु खाता तथा भुक्तानी सन्तुलन र विदेशी विनिमय संचितिमा क्रमिक रुपले सुधार भई बाह्य क्षेत्र थप सुदृढ हुँदै गएको बताएको छ ।

अर्थ मन्त्रालयले निकासीमा भएको वृद्धिले व्यापार घाटा १.५ प्रतिशतले सुधार भएको जनाएको छ । पहिलो चौमासिक अवधिा निकासी र पैठारीको अंश क्रमश ९.०८ प्रतिशत रहेको छ ।

पहिलो चौमासिक अवधिमा कुल संघीय खर्च लक्ष्यको तुलनामा १९.१ प्रतिशत बढी भएको छ । यसमा चालु खर्चको हिस्सा ठूलो छ । कात्तिकसम्म २ खर्ब ३० अर्ब रुपैयाँ चालु खर्च भएको छ । पूँजीगत खर्च भने मात्र २९ अर्ब ४४ करोड रहेको छ ।

चार महिनामा राजस्व संकलनतर्फ ९४.प्रतिशत प्रगति भएको छ । आयकरमा २.७ प्रतिशतले वृद्धि भएको मन्त्रालयले जनाएको छ ।

भन्सार राजस्वको संकलन समेत २.२ प्रतिशत बढी उठेको छ । प्रथम चौमासिकमा वैदेशिक सहायताको प्रतिवद्धता ९० अर्ब ५५ करोड पुगेको छ ।

मन्त्रालयले नेप्से सूचकांकमा देखिएको निरन्तरको सुधारले अर्थतन्त्रमा सकारात्मक अवस्था सिर्जना भएको दावी समिक्षा विवरणमा उल्लेख गरेको छ ।

कोभिड १९ को महामारीका कारण चालु आवको शुरुवाती महिनामा विकास निर्माणका काम रोकिदा पूँजिगत खर्च उल्लेख्य बढ्न नसके पनि पछिल्ला दिनमा भने पूँजीगत खर्चले गति लिएको मन्त्रालयको दावि छ । चार महिनामा पूँजीगत खर्च कुल लक्ष्यको ८.३४ प्रतिशत भएको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।