logo

वर्तमान कार्यसमितिलाई असर नपर्नेगरि विधान संशोधनको तयारीमा महासंघ

    2037   पटक पढिएको

३० मंसिर/अर्थ र व्यापार– नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था संशोधनका लागि गृहकार्य सुरु भएको छ । 

महासंघ अध्यक्ष शेखर गोल्छाले धेरै पदाधिकारी अध्यक्षको प्रत्यक्ष निर्वाचन गराउनु पर्छ भन्ने पक्षमा रहेको भन्दै विधान संशोधन गर्ने गरी गृहकार्य भइरहेको बताए । 

गोल्छाले तीन वर्षपछि स्वतः अध्यक्ष हुने गरी वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका चन्द्र ढकाललगाएत वर्तमान कार्यसमितिलाई अन्याय नहुने गरी विधान संशोधन गर्ने तयारी गरेको जानकारी दिए।

यसअघि २०७३ सम्म नेपाल उद्योग वाणिज्य महासंघमा अध्यक्षकै निर्वाचन हुने गरेकोमा विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्षनै स्वतः अध्यक्ष हुने व्यवस्था गरिएको थियो । 

विधान संशोधन पश्चात वरिष्ठ उपाध्यक्ष भवानी राणा २९ चैत २०७३ मा स्वतः अध्यक्ष बनेकी थिइन् । सोही प्रावधानअनुसार तिन बर्षपछि स्वतः अध्यक्ष बन्ने गरी भएको वरिष्ठ उपाध्यक्षको निर्वाचनमा किशोर प्रधानलाई हराउँदै शेखर गोल्छा निर्वाचित भएका थिए ।

स्रोतका अनुसार महासंघको विधानको ३१ वटा बुँदाहरु संशोधनका लागि साधारण सभामा लैजाने र केही बुँदाहरुमा भने पुनर्विचार गर्ने तयारी गरेको जानकारी दिए । 

हाल महासंघमा निर्वाचित कार्यसमितिको कार्यकाल ३ वर्षे कार्यकाल २ वर्ष बनाउने, उपाध्यक्ष थप्ने तथा अहिले एशोसिएटको ३० र वस्तुगतको २० प्रतिशत मतभारलाई २५–२५ बनाउने वा जिल्ला नगरको ५० प्रतिशत मतभार घटाएर वस्तुगत संघतर्फको मतभार बढाउनेलगाएतको बिषयमा छलफल चलिरहेको बताईएको छ ।

विधान संशोधनका लागि एक वर्षभित्रै विशेष साधारणसभा बोलाउने महासंघको तयारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।