logo

चक्रपथमा प्रविधियुक्त विद्युतीय बसमा लगानी गर्न लगानीकर्तालाई आह्वान

    1450   पटक पढिएको

८ चैत्र /अर्थ र व्यापार - लगानी बोर्डले चक्रपथमा ट्राफिक व्यवस्थापन गर्नका लागि प्रविधियुक्त विद्युतीय बसको अवधारणा अघि सारेको छ । बोर्डका प्रवक्ता बलराम रिजालले लगानी सम्मेलन मार्फत् चक्रपथमा ट्राफिक व्यवस्थापनको लागि प्रविधियुक्त विद्युतीय बसमा लगानी गर्न लगानीकर्तालाई आह्वान गरिएको बताए । उनले चक्रपथमा सञ्चालन गरिने विद्युतीय बस ‘बस र्या्पिड ट्रान्जिट’ (बिआरटी) आयोजनामा विदेशी लगानीकर्ताले लगानी गर्न सक्ने बताए । प्रवक्ता रिजालका अनुसार सो आयोजनाको लागत करिब १६ अर्ब ३९ करोड रुपैयाँ हुने अनुमान गरिएको छ । सम्मेलन यही चैत्र १५ र १६ गते काठमाडौंमा हुँदैछ ।

मुलुकको यातायात क्षेत्र विकास होस् भन्ने उद्देश्यका साथ सो आयोजना छनोट गरिएको लगानी प्रवक्ता रिजालले बताए । रिजालका अनुसार बिआरटी आयोजना अन्र्तगत चक्रपथमा ७० देखि ७५ वटा प्रविधि सहतिको विद्युतीय बस सञ्चालन गर्न सकिन्छ । १६० जना यात्रु बोक्ने क्षमता भएको बस सञ्चालनको लागि सार्वजानिक–निजी–साझेदारी व्यवस्था अनुरुप सञ्चालनमा ल्याउन लागिएको हो । बसमा ट्राफिक नियन्त्रण प्रणाली हुनुको साथै बस रोकिने स्थान लगायतका सम्पूर्ण जानकारीहरु डिसप्लेमा देख्न सकिने हुनुपर्ने छ ।

बोर्डका अनुसार शहरी क्षेत्रको लागि निर्धारण गरिएको सो आयोजना विकास सञ्चालन र व्यवस्थापन मर्मत निर्माण परिचालन–स्थान्तरण (बिओटी) मोडलमा आधारित छ ।
प्रदेश नं ३ स्थित काठमाडौं चक्रपथको लागि सो आयोजना हो । चक्रपथमा सञ्चालन गर्न सकिने ७० देखि ७५ वटा विधुतिय बसका लागि ३० वटा चार्जिङ स्टेशन आवश्यक पर्ने बोर्डले जनाएको छ । प्रवक्ता रिजालले बस सडकको बीच भागबाट ७.५ तथा ८ मिटरको दुरीमा सञ्चालन हुने बताए । ५ मिटरको दुरीमा बसर्पाक राखिने तयारी गरिएको विधुत्तिय बसका लागि लागि २६ देखि ३० वटा बसपार्क हुनेछ । ६ सय ९३ आनामा टर्मिनलको व्यवस्था गरिएको छ ।

बोर्डका अनुसार बसले २०१९ मा अधिकतमा २ लाख ४० हजार २ सय १५ देखि न्यूनतम १ लाख ५४ हजार ५ सय ४५ जना यात्रुलाई सेवा दिने तथा २०२९ मा अधिकतम ३ लाख ८ हजार ३७४ देखि न्यूनतम १ लाख ७० हजार २७३ यात्रुलाई सेवा दिनुपर्ने छ । यस्तै बसले २०३९ मा अधिकतम ४ लाख ८ हजार ८१ जना देखि न्यूनतम २ लाख २५ हजार ६५४ जना तथा २०४९ मा अधिकतमा ४ लाख २९ हजार ५३८ देखि न्यूनतम २ लाख ३७ हजार ४९८ लाइ सेवा दिनुपर्ने लक्ष्य राखेको छ । काठमाडौं उपत्यकामा ५ लाख नागरिकलाई सेवा दिने अनुमान गरेको छ ।

प्रतिदिन २० घन्टा सेवा दिने बसले ५ देखि १० प्रतिशत रकम विज्ञापन, एटीएम, रेन्ट ,कफी पसलबाट उठाउने बोर्डको भनाई छ । भौतिक पक्ष अर्थात् सडक, बत्ती, बस पार्क लगायतका वस्तुहरु भने सरकारी प्रयोग गर्ने बताएको छ । आयोजना अनुरुप बसको उपायोगिता अध्ययन ४ महिनाको हुनेछ भने ६ देखि ८ महिना डिपिआर (विस्तुत प्रतिवेदन अध्ययन) तथा आर्थिक पक्षको अध्ययन गरिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।