logo

डलर बलियो हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर, महंगी बढ्ने जोखिम

    2205   पटक पढिएको

 
३१ साउन/अर्थ र व्यापार– गत मंगलबार ईतिहासमै सबैभन्दा कमजोर बनेको नेपाली रुपैयाँ बिहीबार झनै कमजोर बनेको छ । 

बिहीबारका लागि राष्ट्र बैंकले एक डलरको भाउ ११२ रुपैयाँ १४ पैसा तोकेको थियो । तर बिहीबार बैंकहरुले एक डलर ११२ रुपैयाँ ८० पैसासम्म कारोबार गरेका छन् । भारतीय मुद्रा कमजोर भएपछि नेपाली रुपैयाँको भाउ अरु सस्तिन पुग्यो । 

बिहीबार बजार खुलेपछि नेपाल एसबिआइले एक डलर बराबर ११२ रुपैयाँ ८० पैसासम्म कारोबार गरेको छ । नबिलले ११२ रुपैयाँ ६० पैसा, ग्लोबल आइएमइ ११२ रुपैयाँ ५५ पैसा र एभरेष्ट बैंक ११२ रुपैयाँ ७० पैसामा कारोबार गरेका छन् । 

डलरको मूल्य वढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ । नेपाल राष्ट्र बैंकको बैशाखसम्मको तथ्यांक अनुसार नेपालमा ६ खर्ब ६ खर्ब ८५ करोड रुपैयाँ भित्रिएको छ । 

बस्तु तथा सेवा विक्रीबाट हुने आम्दानीका साथै पर्यटन क्षेत्रको आयसमा समेत सुधार हुने छ । हस्तकला लगायत नेपाली समानका निकासीकर्ताको आम्दानी बढ्छ । बैशाखसम्म नेपालले निर्यात ब्यापार ६६ खर्ब ६५ करोड रुपैयाँ पुगेको छ ।

डलरको मूल्य वृद्धिले जति नेपाललाई फाइदा छ त्योभन्दा वढी नोक्सान छ । नेपालले ठूलो मात्रामा आयात गर्ने भएकाले विदेशी मुद्रा तिरेर किन्न पर्ने वस्तु तथा सेवाहरु महँगो पर्ने छ । 

बैशाखसम्म ९ खर्ब ८५ अर्ब ८३ करोड रुपैयाँको आयात भएको छ । आयातमा निर्भर अर्थतन्त्र भएका कारण डलरको मूल्य वृद्धिले नेपाली बजार प्रभावित हुन्छ । 

पेट्रोलियम र डलरको मूल्यका कारण नेपाल थप महँगिने छ । विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा वृद्धि हुने छ । उत्पादित बस्तुको लागत वृद्धि भएपछि यसको असर सिधै उपभोक्य वस्तुको मूल्यमा देखा पर्छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।