logo

सगरमाथा आरोही दिकी शेर्पा सम्मानित

    2375   पटक पढिएको

१८ जेष्ठ / अर्थ र व्यापार- सगरमाथा चढेर कीर्तिमान कायम गरेको भन्दै आरोही दिकी शेर्पालाई सम्मान गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले शेर्पालाई सम्मान गरे । शेर्पाले यसै वसन्तकालीन सिजनमा सगरमाथाको सफल आरोहण गरेकी हुन ।

टुरिजम मिडिया क्लब र ट्रेकिङ गाइड एसोसिएसन (टिगान) को संयुक्त आयोजनामा भएको कीर्तिमानी आरोही दिकी शेर्पा सम्मान कार्यक्रममा सगरमाथामा फोहोर बढ्दै गएकाले सफाइमा केन्द्रित हुन मन्त्री अधिकारीले अनुरोध गरे । वर्षेनी हुने आरोहणको क्रममा आरोहीले प्रयोग गरेका सामाग्री सगरमाथामा छोड्दा फोहोर बढेकाले आरोही दिकी शेर्पालाई समेत सफाईमा केन्द्रित हुन मन्त्री अधिकारीले अनुरोध गरे । 

त्यसैगरी सांसद् यज्ञराज सुनुवारले दिकीको साहसले सम्पूर्ण नारीको शिर ठाडो बनाएको बताए । पूर्वसांसद् रामहरि खतिवडाले शेर्पाले हिमाल चिनाएको र हिमालले शेर्पा चिनाएको भन्दै दिकीले चुचुरो चुम्न गरेको साहसमा बधाई दिँदै सम्पूर्ण आरोहीको कदर हुनेगरी काम गरिनुपर्ने बताए । 

क्लबकी कोषाध्यक्ष समेत रहेकी दिकीले शेर्पाले यस वसन्तकालीन सिजनमा ‘लैंगिक समानतको लागि सकरात्मक सोच, सर्वोच्च शिखरबाट समावेशी समाजको उद्घोष’ नारा सहित सगरमाथाको आरोहण गरेकी थिईन् । संखुवासभामा जन्मेकी दिकीले यसअघि पनि मनास्लु लगायत आधा दर्जन हिमाल आरोहण गरेकी छिन ।
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।