logo

स्मार्ट्सिटी बनाउने भएपछि उपत्यकाको चार स्थानमा जग्गा कित्ताकाट गर्न प्रतिबन्ध

    1467   पटक पढिएको

२८ जेठ / अर्थ र व्यापार-काठमाडौ उपत्यका विकास प्राधिकरणले उपत्यकाभित्र सबै सुविधा सहितको चार नयाँ शहर (स्मार्ट सिटी) बनाउने तयारी सुरु गरेको छ ।

जग्गा यकिन गरेर काठमाडौ,भक्तपुर,ललितपुर तिनै जिल्लाका शहर बन्ने क्षेत्रमा कित्ताकाट तथा नयाँ संरचना निर्माणमा प्राधिकरणले रोक लगाएको छ । करिब १ लाख ३० हजार रोपनी क्षेत्रफलमा चार नयाँ शहर निर्माणको योजना अघि बढेको छ ।

काठमाडौं लगायतका वरपर आफुखुशी प्लटिङ र आवास बनाउने कार्यले शहरनै कुरुप बनेपछि सरकारले सबै सुविधाहितको व्यवस्थित शहर बनाउने निर्णय गरेको थियो।

प्राधिकरणले बनाउन लागेको शहरमा विद्यालय, अस्पताल,बैक तथा वित्तिय संस्था, फिल्म हल लगायतका सबै सुविधा हुनेछन्।शहरभित्रै अत्यावश्यक सरकारी कार्यालय समेत हुनेछ।

यो शहरभित्र डिर्पाटमेन्टल स्टोरदेखि अन्य व्यवसायिक पसल समेत हुनेछ।शहर निर्माण गर्ने योजना अघिल्लो आर्थिक वर्षको बजेटमा समावेश थियो।

प्राधिकरणले यो वर्ष विस्तृत अध्ययन प्रतिवेदनका लागि टेण्डर गरेर मूल्यांकन समेत गरिसकेको छ । मूल्यांकनपछि प्लानिङ गर्ने र सबै सरोकारवाला निकायलाई राखेर छलफल गरेर अन्तिम रुप दिएको प्रतिवेदन प्राधिकरणलाई पेश गर्नेछ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।