logo

नेपाल राष्ट्र बैंक फर्किए डेपुटी गभर्नर श्रेष्ठ

    1680   पटक पढिएको

६ माघ / अर्थ र व्यापार - सरकारले सम्पत्ति शुद्धिकरणमा असहयोग गरेको, नेपाल राष्ट्र बैंकलाई क्षति पुर्याउने काम गरेको लगायतको अभियोग लगाएर छानविनमा परेपछि बर्खास्तमा परेका डेपुटी गभर्नर शिवराज श्रेष्ठ ७७ दिनपछि काममा फर्केका छन् । उनलाई सोमबार अर्थमन्त्रायले निर्दोष रहेको भन्दै पत्र दिएपछि सोमबार नै राष्ट्र बैंकमा हाजिर भएका छन् ।

दोस्रो पटक पदभार ग्रहण गर्दै डेपुटी गभर्नर श्रेष्ठले ढिलै भएपनि न्याय पाएको बताए । उनले बेनामे उजुरी हालेर सरकार आफ्नो समय बर्वाद पारेको आरोप लगाएका छन् । उनले भने, ‘बेनामे उजुरी हालेर म माथि छानबीन गराउनेहरुको समय पनि बर्बाद भयो ।’

डेपुटी गभर्नर श्रेष्ठले आफूविरुद्धमा उजुरी गर्नेहरुलाई चिनेको आशय व्यक्त गर्दै नेपाल राष्ट्र बैंकविरुद्धको षडयन्त्र असफल भएको समेत बताएका छन् । उनले उजुरी हाल्न लगाउने गिरोहले नेपाल राष्ट्र बैंकका विरुद्धमा ठूलै षडयन्त्र गरिरहेको समेत आशंका व्यक्त गरेका छन् ।

उनले झूठा आरोप लगाएर आफूलाई फसाउनेको षडयन्त्रका कारण नेपाल राष्ट्र बैंकको धेरै कामहरु रोकिएको बताउँदै आफू पनि मानसिक तनावमा फसेको बताए । उनले आगामी दिनमा अझै प्रतिबद्ध भएर काम गर्न उच्च मनोबल प्राप्त भएको बताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।