logo

खाद्य ऐन उल्लङ्घन गर्नेमा पानी उद्योग धेरै, २१ उद्योग परे कारबाहीमा

    2004   पटक पढिएको


१६ मंसिर/अर्थ र व्यापार– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य ऐन उल्लङ्घन गर्ने उद्योगमा सबैभन्दा बढी प्रशोधित पिउने पानीका उद्योग रहेको जनाएको छ । 

विभागले साउनदेखि कात्तिकसम्मको पहिलो चौमासिकमा खाद्यसम्बन्धीका १ हजार १८९ नमूना संकलन गरिएकामा त्यसमध्ये सबैभन्दा बढी प्रशोधित पिउने पानीका २१ उद्योगले मापदण्डानुसार सञ्चालन नगरेको भेटिएको हो ।

पिउने पानीका उद्योगपछि दानाका १६, तेल तथा घ्यूजन्य नमूना १४, खाद्यान्न १० लगायतका अन्य खाद्य पदार्थका उद्योगहरु रहेका छन् । 
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले पहिलो चौमासिकमा खाद्यसम्बन्धीका १ हजार १८९ नमूना संकलन गरिएकामा ७० नमूना मापदण्डानुसार नभएको पाइएको बताए।

महर्जनले खाद्य ऐन उल्लङ्घन गर्ने २१ पानी उद्योगलसहित मापदण्डानुसार सञ्चालन नभएका व्यवसायलाई कानूनी कारबाही गरिएको जानकारी दिए ।    

यस्तै खाद्य स्वच्छता सर्भिलेन्सका लागि ८७६ ओटा नमूना संकलन गरिएकोमा न्यूनस्तर तथा दूषित उत्पादन तथा विक्री वितरण गरेको कसूरमा खानेतेल, बेकरी, दाना, चाउचाउ, मिठाइ, घ्यू, दही, चामल, सस, काजु किसमिस, खाद्य रङ, बियर, मटरफ्राइजस्ता खाद्य पदार्थ उत्पादन गर्ने उद्योग २६ ओटा उद्योगविरुद्ध मुद्दा चलाइएको छ । त्यसमध्ये पनि सबैभन्दा बढी पिउनेपानीका पाँच उद्योग परेका छन् ।

उक्त मुद्दामध्ये आठ ओटा मुद्दा न्यून गुणस्तरका, सात ओटामुद्दा दूषितका, सात ओटा मुद्दा लेबललगायतका विवरण नमिलेका तथा बाँकी चार ओटा मुद्दा खाद्य ऐन नियम निर्देशिका उल्लङ्घनसम्बन्धी छन् ।       

पहिलो चौमासिकमा मुलुकभर खाद्य र दाना उद्योग, होटल रेष्टुरेण्ट, राजमार्गका होटललगायत १ हजार ८७३ पटक निरीक्षण अनुगमन भएको छ । उक्त अवसरमा १५३ ओटा उजुरी कारवाही गरिएको छ ।

ति मध्ये, खाद्य ऐन, २०२३, खाद्य नियमावली, २०२७ तथा निर्देशिकाबमोजिम उत्पादन नगर्ने ३४ ओटा उद्योग एवं खाद्य व्यवसायलाई उत्पादन रोक्का एवं सिलबन्दीका साथै नमूना सङ्कलन गरी कारवाही अघि बढाइएको छ ।

विभिन्न १२ ओटा नाकामा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयमा २५ हजार १५४ ओटा नमूना प्राप्त भई सोको जाँच विश्लेषण गरी नियमन गरिएको बताइएको छ । 

त्यसमध्ये पापड, चामल, बदाम, मसला, मैदा, वेसनलगायतका २५ ओटा नमूना प्रतिकूल पाइएपछि आयात रोक्का गरिएको विभागले जानकारी दिएको छ ।  


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।