logo

चालु वर्ष राजस्व लक्ष्य पूरा गर्न १ खर्ब ७५ अर्ब उठ्नुपर्ने

११ महिनामा ८ खर्ब ८३ अर्ब मात्रै खर्च

    1460   पटक पढिएको

२४ जेठ / अर्थ र व्यापार- चालु आर्थिक वर्ष २०७७÷७८ मा सरकार बजेट कार्यान्वयनको पक्ष निराशाजनक देखिएको छ । चालु वर्ष सकिन एक महिना र केहि दिन बाँकी रहँदा खर्च र राजस्व प्रगति निराशाजनक रहेको आर्थिक सूचकहरुले देखाएका छन । 

चालु वर्ष १४ खर्ब ७४ अर्ब ६४ करोड खर्च र १० खर्ब ७२ अर्ब २८ करोड प्राप्तिको लक्ष्य छ । यो लक्ष्य पूरा गर्न सरकारले ३७ दिनमा ५ खर्ब ९१ अर्ब ५९ करोड खर्च गर्नुपर्ने छ । यस्तै प्राप्ति लक्ष्य पूरा गर्न २ खर्ब ३६ अर्ब ३२ करोड संकलन गर्नुपर्ने छ । तर निषेधाज्ञासँगै सरकारको राजश्व संकलनको गति पनि सुस्त छ । चालु आर्थिक वर्षमा लक्ष्यको २० प्रतिशत राजस्व अझै उठ्न बाँकी छ । 

त्यस्तै चालु वर्षको ११ महिना लाग्दा सरकारले ७ खर्ब ३७ अर्ब ३६ करोड राजस्व संकलन गरेको छ । कोरोना संक्रमणको दोस्रो लहर सुरु हुनुभन्दा अघि राजस्व संकलन लक्ष्य नजिक देखिएको थियो । तर संक्रमण बढेर जारी निषेधाज्ञासँगै घटेको हो । चालु आर्थिक वर्ष राजस्व शीर्षकबाट ९ खर्ब १२ अर्ब ९४ करोड संकलन गर्ने लक्ष्य छ । यो लक्ष्य पूरा गर्नका लागि सरकारले ३७ दिनमा १ खर्ब ७५ अर्ब ५८ करोड संकलन गर्नुपर्छ । लक्ष्य भेट्नका लागि दैनिक ४ अर्ब राजस्व संकलन हुनु पर्छ । 

निषेधाज्ञा सुरु भएदेखि नै देशभर आर्थिक क्रियाकलपहरु धेरै हुन सकेका छैनन् । लगातार २ वर्ष कोरोना महामारीको असर झेल्नु परेपछि ठूला करदाताहरुको कारोबार खुम्चिदै गएको छ । यस्तै अग्रिम रूपमा दाखिला गर्दै आएको आयकर पनि घटेको छ । ठूला करदाता कार्यालयका अनुसार करदाताले अग्रिम कर भुक्तानीमा गत वर्षभन्दा ५० प्रतिशतसम्म कम कर दाखिला गरेका छन् ।

करदाताले तीन चरणमा दाखिला गर्ने करको दुई किस्ता बुझाइसकेका छन् भने एउटा किस्ता बाँकी छ । यो असार मसान्तभित्र बुझाउनु पर्नेछ । मुख्य कारोबार समयमा कोभिड संक्रमणको मार खेप्नु परेपछि धेरै कर बुझाउने कम्पनीहरुमा अझ असर पर्न सक्ने देखिन्छ । यसैगरी राजस्व संकलनको दोस्रो महत्वपूर्ण शीर्षक भन्सार महसुल संकलनमा पनि गिरावट आएको छ । 

अकोएतिर सरकारले प्रत्येक वर्ष गर्ने खर्च लक्ष्य पूरा गर्न सकेको छैन । चालु वर्षको ११ महिना सकिन लाग्दा सरकारले ८ खर्ब ८३ अर्ब ४ करोड मात्रै खर्च गरेको छ । जसमा १४ खर्ब ७४ अर्ब ६४ करोड खर्चको लक्ष्य राखिएको छ । सरकारले लिएको लक्ष्यमा दुई पटक पूर्णरूपमा खर्च गर्न नसकिने भन्दै संशोधन गरिसकेको छ ।

अर्थमन्त्रालयले पहिलो पटक बजेटको अर्धवार्षिक समीक्षामा संशोधन गरेको थियो । यस्तै दोस्रो पटक अध्यादेशबाट जारी गरिएको बजेटमा संशोधित खर्च लक्ष्य प्रस्तुत गरिएको थियो । ११ महिना सकिन लाग्दा सरकारले चालु शीर्षकमा ६ खर्ब ७४ अर्ब ५६ करोड खर्च गरेको छ । यो शीर्षकमा ९ खर्ब ४८ अर्ब ९४ करोड खर्च गर्ने लक्ष्य लिएको छ । यस्तै विकासतर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड खर्च गर्ने भनिएकोमा १ खर्ब ३६ अर्ब ३३ करोड मात्रै खर्च भएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।