logo

उपचुनावको समीक्षा रिपोर्ट तीन दिनभित्र पठाउन मातहत कमिटीलाई नेकपाको निर्देशन

    1444   पटक पढिएको

१८ मंसिर / अर्थ र व्यापार - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपनिर्वाचन भएका ५२ वटै तहका परिणामको समीक्षा सहितको रिपोर्ट तीन दिनभित्र पठाउन मातहत कमिटीलाई निर्देशन दिएको छ ।

पार्टी अध्यक्ष प्रचण्डको अध्यक्षतामा बुधबार केन्द्रीय कार्यालयमा धुम्बाराहीमा बसेको सचिवालय बैठकले चुनावी रिपोर्ट पेश गर्न सबै क्षेत्रका सम्बन्धित निकायलाई निर्देशन दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

मंसिर २३ गते बस्ने सचिवालयको अर्को बैठकमा उपचुनाव सम्बन्धमा तल्ला कमिटीको रिपोर्टसहित समीक्षा हुने बताइएको छ । सचिवालय बैठकमा उपचुनावमा सामान्य समीक्षा भएको र विशेषतः धरान उपहानगरपालिका र भक्तपुरको प्रदेशसभाको पराजयबारे नेताहरुले चासो राखेको स्रोतले जनाएको छ ।

उपचुनावको समग्र परिणाममा आधाभन्दा बढीमा जित हासिल भए पनि केही ठाउँको पराजयको समीक्षा आवश्यक रहेको नेकपाले जनाएको छ । उपचुनाव भएका ५२ स्थानमध्ये प्रतिनिधिसभा र प्रदेशसभाका एक-एक सिटसहित नेकपाले ३० ठाउँमा जित हासिल गरेको छ ।

त्यस्तै नेकपाकै समर्थनमा बागलुङको प्रदेशसभामा राष्ट्रिय जनमोर्चाले जितेको तथा प्यूठानमा नेकपाकै स्थानीय कमिटीको समर्थनमा उठेका वडाध्यक्षले जितेको सहित ५२ मध्ये ३२ स्थानमा जीत भएको नेकपाले जनाएको छ । उपचुनावले पार्टीको शक्ति अहिले पनि दुई तिहाइकै अवस्थामा देखाए पनि धरान, भक्तपुर र भरतपुरको एक वडाको चुनावी परिणाम समीक्षाको विषय बनेको नेकपा नेताहरुले बताएका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।