logo

कैलाश र मनाङले पायो कोभिड बिरामीको उद्धार उडान अनुमति

    2115   पटक पढिएको


२८ मंसिर/अर्थ र व्यापार– कैलाश हेलिकोप्टर सार्भिसेज र मनाङ एयरले देशभरिबाट कोभिड–१९ विरामीको उद्धार उडानको लागि अनुमति प्राप्त गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ संगठनको आवश्यक नीती निर्देशनको पालना गरी कैलाश र मनाङले उक्त अनुमति प्राप्त गरेको हो ।

कैलाश हेलिकप्टर कम्पनीका सञ्चालक प्रतापजंग पाण्डेले हेलिप्याड भएका तीनवटा हस्पिटल ह्याम्स, मेडीसिटी र ग्राण्डी हस्पिटलसँग सहकार्य गरेको बताए ।

यस्तै, उद्धार उडानका लागि मनाङ एयरले ह्याम्स हस्पिटलसँग सम्झौता गरिसकेको कम्पनीका सेफ्टी म्यानेजर राजु न्यौपानेले बताए ।

कैलाश र मनाङ दुवै कम्पनीले महावीर पुनद्वारा संचालित राष्ट्रिय आविष्कार केन्द्रले तयार पारेको आइसोलेसन ब्याग (पेसियन्ट आइसोलेसन युनिट) प्रयोग गर्ने जनाएका छन् ।

कोभिड उद्धार उडानमा क्याप्टेन, दुई जना चिकित्सक र बिरामी लगायत चार जना राखिनेछ । बिरामी राख्नका लागि आइसोलेटेड उपकरण प्रयोग गरिनेछ । उपकरणमा अक्सिजन सप्लाइ, एयर सप्लाइ लगायत भित्रै जडान गरिएको हुन्छ ।

उद्धार उडानमा बिरामीको आफन्तलाई राखिँदैन । एक जना बिरामीका लागि प्रयोग गरिएको आइसोलेसन ब्याग पुनः प्रयोगका लागि डिसइन्फेक्ट गरिने कम्पनीले जनाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सुरुमा सिम्रिक एयरलाई मात्रै बिरामी उद्धार उडानको अनुमति दिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।