logo

कोरोना भाईरसका कारण चिनियाँ पर्यटकको संख्या घट्यो, भ्रमण वर्षलाई धक्का

    1746   पटक पढिएको

 २१ माघ / अर्थ र व्यापार - कोरोना भाईरसका कारण नेपालमा चिनियाँ पर्यटकको संख्या घटेको छ । एक महिनायता चीनमा देखिएको नोबल कोरोना भाईरसले नेपालमा मात्र नभएर विश्वभरको पर्यटन क्षेत्रलाई असर गरेको हो ।

नेपाल नोबल कोरोना भाईरसबाट सुरक्षित भएको तर चीनमा र अन्य देशहरुमा फैलिएको त्रासले भ्रमण वर्षलाई असर गरेको होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष सृजना राणाले बताईन् ।

चिनियाँ नयाँ वर्षमा ठूलो संख्यामा चिनिया पर्यटकहरु नेपालमा आउने गरेका छन् । तर, कोरोना भाईरसको कारण हाल नेपालका होटलहरु सुनसान रहेका नेपाल पर्यटन वर्ष २०२० का संयोजक सुरज वैधले बताए ।

यसले होटल व्यवसायलाई मात्र नभएर ट्याक्सी ड्राईभर, हस्तकला व्यवसायी, कृषकलगायत सबैलाई असर परेको उनको भनाइ छ ।

होटल व्यवसायीहरु चिनियाँ नयाँ वर्ष भनेपछि एकदमै एक्साईटेड हुने गरेको भएपनि यस वर्ष त्यस्तो नरहेको, धेरै बुकिङहरु रद्ध भईरहेको अध्यक्ष राणाको भनाइ। बुकिङ रद्द हुदाँ कति घाटा भयो भन्ने अहिले नै यकिन नभएको उनको भनाइ ।

नोबल कोरोना भाईरसको त्रासलाई मध्यनजर गर्दै होटल संघ नेपालले आफ्ना सदस्य होटललाई कुनै पनि पाहुनामा भाईरसको संकेत देखिने बित्तिकै अस्पताल लैजानलाई पुर्वतयारी गर्न आग्रह गरेको छ ।

नोबल कोरोना भाईरसको कारण मंगलबारसम्म ४ सय २५ जनाको मृत्यु भईसकेको छ भने २० हजार भन्दा बढि जनामा संक्रमण भएको भेटिएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।